सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीको ८० प्रतिशत हकप्रद शेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको हुनाले साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकका
रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपिएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुक क्लोज गरेको हुनाले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका बेंसीशहर
इटहरी । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन्। सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन्। उनले भने, ‘चाडपर्व सुरु हुँदा प्रत्येक वर्ष धरानको कृषि बजारमा आउने गरेको छु। यो पटक १५ वटा खसीबोका ल्याएको छु, अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाँकी बेच्नुपर्ने छ।’धनकुटाको सागुरीगढी गाउँपालिका-७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री ग
इटहरी । चार दिन कारोबार भएको यो साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ । गत साता २५११ दशमलव ९१ विन्दुमा बन्द भएको नेप्से यो साता ५ दशमलव ५८ प्रतिशत अर्थात् १४० दशमलव ०९ अङ्क बढेर २६५२ बिन्दुमा पुगेको छ ।यो साता २ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । नेप्सेसँगै यो साता कारोबार रकम पनि बढेको छ । यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ५ प्रतिशत बढेको छ ।१३ वटा उपसमूहमध्ये यो साता निर्जीवन बीमा समूहको सूचकबाहेक बाँकी १२ उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १० दशमलव ३१ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक २ दशमल
इटहरी । सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पु¥याउन यो छलफल आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले बताए । कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विगतका वर्षमा पनि यस्ता छलफल हुने गरेकामा यस वर्ष अझै बढी महत्त्वका साथ आयोजना गरिएको हो । सुनचाँदी पसल, उद्योग–व्यापार गर्नेहरूलाई भयरहित व्यापारिक वातावरण सुनिश्चित गर्न सुरक्षा निकाय
शेयर बजार बुधबार १ दशमलव ०३ प्रतिशतले झरेको छ । दशैं नजिकिएकाले खर्चको जोहो गर्न लगानीकर्ताले बिक्री चाप बढाएको अनुमान गरिएको छ । बुधबार नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २७.८९ अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटल समूह र सामुहिक लगानी कोष समूहबाहेक सबै समूहमा रातो पोतिएको छ । अन्य समूह सर्वाधिक अर्थात् २.१६ प्रतिशतले घटेको छ ।बुधबार युनियन हाइड्रोपावरको सर्वाधिक २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बजार घटे पनि आज माथिल्लो मैलुङखोला जलविद्
इटहरी । आज लगातार सुन र चाँदीको भाउले उच्च मूल्यको नयाँ रेकर्ड बनाएका छन् । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ तोलाको २ हजार ७०० रुपैयाँ पुगेको छ ।हिजो सुुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो ।
इटहरी । आज अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस अघि गत भदौ २७ गते डलरको मूल्य हालसम्मकै उच्च हुँदा बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेको थियो ।आज डलरको बिक्रीमूल्य १४२ रुपैयाँ ३२ पैसा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज डलरको खरिददर भने १४१ रुपैयाँ ७२ पैसा रहेको छ ।आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। आज स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैय
विराटनगर - प्रतिष्ठित उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्युटर सहयोग गरेका छन्।भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा आगजनी र तोडफोड गरेको थियो। सो क्रममा प्रशासन भवनको संरचना मात्र नभई कार्यालयका अधिकांश महत्वपूर्ण कागजात, उपकरण तथा सामग्री जलेर खरानी बनेका थिए। भवन पूर्णरूपमा क्षतिग्रस्त हुँदा दैनिक प्रशासनिक सेवा प्रभावित भई सेवाग्राहीलाई अत्यन्त कठिनाइ भएको थियो।यस्तै परिस्थितिमा सेवा सहज बनाउन उद्यमी राउतले आफ्नो पहलमा १० वटा कम्प्युटर उपलब्ध गराएका ह
इटहरी । भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा ठूलो क्षति भएको सुन्दरहरैंचाको नेपालीरिका होटलले आफ्ना सबै कर्मचारीको रोजगारी सुरक्षित रहेको जनाएको छ । सबै कर्मचारीले दशैं बोनस पनि पाउने होटलले जनाएको छ । आगजनीको समयमा पाहुनालाई सुरक्षित राख्न सहयोग गर्ने कर्मचारीलाई पुरस्कृत पनि गरिने होटलले जनाएको छ । होटल सञ्चालक समितिका अध्यक्ष भोलेश्वर दुलालका अनुसार जेन जी आन्दोलनका क्रममा भदौ २४ गते होटलको संरचनामा ठूलो क्षति पुगेको थियो । आगजनीको समयमा आफ्नो ज्यानलाई जोखिममा राखी होटलमा आएका पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्ने तथा सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने सम्पूर्ण