इटहरी -रोजगारमुखी तालिम तथा रोजगारीका लागि सहजीकरण गर्ने उद्देश्यसहित ‘सीपदेखि रोजगारीः व्यवसायको साझेदार’ भन्ने नाराका साथ इटहरीमा नेप्ली जब एण्ड सर्भिसेस सञ्चालनमा आएको छ। इटहरीस्थित कार्यालयमार्फत सेवा दिँदै आएको यस संस्थाले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रभावकारी पुलको काम गर्ने लक्ष्य लिएको छ।संस्थाका अनुसार नेप्ली जब एण्ड सर्भिसेसले आफ्ना कार्यक्रमहरू तीन चरणमा सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा रोजगारी खोजिरहेका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरूबाट फर्म भराइ उनीहरूको अभिलेख तयार गरिन्छ। शिक्षा, सीप, अनुभव तथा रुचिको क्षेत्रका आधारमा वर्गीकरण गरी आवश्यकताअनुसार डेटाबेस तयार पा
काठमाडौंः नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘इन्धन शुल्क’ समायोजन गरेको छ ।निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको हो । अब काठमाडौँबाट हुने उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको धनगढीको भाडा २६५ रुपैयाँ घटेको छ । धनगढीका लागि यसअघि ५ हजार ९२० रुपैयाँ रहेको इन्धन शुल्क अब ५ हजार ६५५ रुपैयाँ कायम भएको छ । सबैभन्दा कम काठमाडौं–सिमराको इन्धन शुल्क ५५ रुपैयाँ घटेको छ ।यस्तो छ काठमाडौंबाट विभिन्न स्थानको उडानमा घटेको इन्धन शुल्ककाठमाडौँ–धनगढी २६५ रुपैयाँकाठमाडौँ–माउन्टेन फ्लाइटः २१० रुपैयाँकाठमाडौँ–सुर्खेतः २१० रुपैयाँका
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयभित्र विद्युत महसुल नबुझाउने उपभोक्ताविरुद्ध कडा कारबाही सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म महसुल नतिर्ने २४९ जना उपभोक्ताको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ।विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ पुगेको छ। बढ्दो बक्यौता नियन्त्रण र सरकारी राजस्व संरक्षणलाई प्राथमिकतामा राख्दै प्राधिकरणले नियमित अनुगमन तथा कारबाही प्रक्रिया तीव्र बनाएको उहाँले जानकारी दिनुभयो।प्राधिकरणका अनुसार बक्यौता रकममध्ये
इटहरी । लगातार घटेको सुन र चाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५२५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँ घटेको थियो ।
विराटनगर -विराटनगरमा सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पोमा पाँचथरस्थित माङपाहाङ लावती कृषि उद्योगका किवीजन्य उत्पादनहरूले दर्शक तथा उपभोक्ताको विशेष ध्यान खिच्न सफल भएका छन्। स्वदेशमै उत्पादन गरिएको किवी फललाई प्रशोधन गरी तयार पारिएका एक दर्जनभन्दा बढी सामग्री एक्स्पोको स्टलमार्फत बिक्री–वितरण भइरहेको छ।एक्स्पोमा आउने भिजिटर तथा ग्राहकहरूलाई किवीका विभिन्न परिकार निःशुल्क चखाउने व्यवस्था गरिएको छ। किवीको जुस, स्क्वास, अचार लगायतका परिकार चाख्ने उपभोक्ताको स्टलमा उल्लेख्य भीड देखिएको छ।माङपाहाङ लावती कृषि उद्योगबाट उत्पादन भएका किवीको जुस, किवी स्क्वास, किवीको सोमरस (वाइन), किवी तुलफुल, लालीगुर
विराटचोकः सन् २०२५ मा नेप्से परिसूचक २.२२ प्रतिशत र कारोबार रकम ७.९१ प्रतिशतले बढेको छ । नेपाली शेयर बजारका लगानीकर्ताले उत्पादनमूलक क्षेत्रका कम्पनीका शेयर बढी मूल्य तिरेर पनि किनेका छन् ।सन् २०२५ को शुरुमा उत्पादनमूलक समूहको सूचक ६,६६०.१९ अंकमा रहेकोमा वर्षको अन्तिम दिन १,९१८.४९ अंकले बढेर ८,५७८.६८ अंकमा बन्द भएको छ । समग्रमा उत्पादनमूलक कम्पनीको सूचक २८.८१ प्रतिशतले बढेको छ । तथापि सो समूहका सबै कम्पनीको शेयर मूल्य बढेका कारण नभई सन् २०२५ मा थपिएका नयाँ कम्पनीहरूको मूल्यमा आएको उच्च वृद्धिले गर्दा सूचक बढेको देखिन्छ ।सन् २०२५ मा नेप्सेका ८ वटा समूहमा सुधार देखिँदा पाँच वटा समूह भने ओरा
इटहरी । आज अङ्ग्रेजी नयाँ वर्षको दिन पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलमा ५५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५९ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ४ हजार ४१५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १२० रुपैयाँ घटेको थियो ।सुनको भाउ लगातार चौथो दिन र चाँदीको भाउ लगातार तेस्रो दिन घटेको हो ।
विराटचोकः पुस मसान्तसम्ममा साधारणसभा गर्नैपर्ने बाध्यकारी नियमअनुसार पुस १८ गते र पुस २० गते बुक क्लोज गर्ने कम्पनीको शेयर किनेर शेयरधनी बन्ने आज अन्तिम दिन हो ।बुक क्लोजको अघिल्लो दिनसम्म शेयर किन्ने शेयरधनीले कम्पनीले प्रदान गर्ने लाभांश पाउँछन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल टेलिकम र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुस २० गते बुक क्लोज गर्दैछन् । पुस १९ गते शनिबार र पुस १८ गते शुक्रबार शेयर बजार बन्द हुने भएकाले ती कम्पनीको शेयर किनेर लाभांश हात पार्ने अन्तिम दिन आजै हो ।त्यस्तै, कालिका पावर, अपि पावर, अरुण भ्याली हाइड्रो, युनाइटेड इदीमार्दी एण्ड आरवि, स्वरोजगार लघुवित्त, समता घ
इटहरी । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको हो ।हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर ४२ अमेरिकी डलर मूल्य घटाइएको छ ।भारतबाट एलपी ग्यासको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य नबढाइएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
इटहरी । सन् २०२५ को अन्तिम दिन बुधबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.४१ प्रतिशत अर्थात् १०.८७ अंकले बढेर २ हजार ६३३.७६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३४२ वटा कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् १.६१ प्रतिशतले बढेको छ । ग्रीन भेन्चर्स कम्पनीको सर्वाधिक १७ करोड ७९ लाख ३ हजार ४१३ रुपैयाँको शेयर कारोबार भएको छ ।आज एसवाई प्यानल नेपाल र न्यादी हाईड्रोपावरको शेयरमूल्य १० प्रतिशतले