आर्थिक

    Showing ८६१-८७० of १,२७२ items.
  • वैदेशिक रोजगारीमा रहेकाहरूका लागि रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ बिक्री गर्ने

    विराटचोकः नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आज मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।सो कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहे पनि बुक बिल्डिङमार्फत् आईपीओ बिक्री हुने भएकाले सो कम्पनीको आईपीओ किन्न प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ ।बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ३१० पटक पढिएको
  • सुनको भाउ तोलामा २०० रुपैयाँ घटे पनि चाँदीको बढ्यो तोलामा ५० रुपैयाँ

    विराटचोकः आज सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको छ । चाँदीको भाउ भने तोलामा ५० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६०५ रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • ३२९ पटक पढिएको
  • धितोपत्र बोर्डले परमादेशको पालना गर्दै रिलायन्सलाई दियो आईपीओ निस्कासनको अनुमति

    काठमाडौंः सुनसरीमा कार्यालय रहेको रिलायन्स स्पिनिङ मिल्सलाई नेपाल धितोपत्र बोर्डले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि अनुमति दिएको छ । बोर्डले मङ्गलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो ।उच्च अदालत पाटनबाट २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानून बमोजिम आवश्यक निकासा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत् एक वर्षअघि नै प्रतिकत्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई प्

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ३१० पटक पढिएको
  • सुनको भाउ ८०० रुपैयाँ बढ्दा चाँदीको बढ्यो ११० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको हो । चाँदीको भाउले आज लगातार चौथो दिन उच्च मूल्यको रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६५५ रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउले लगातार तेस्रो दिन उच्च मूल्यको रेकर्ड बनाएको हो । असोज ३१ गते प्रति तोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको चाँदीको भाउले सो रेकर्ड मंसिर १४ गते आइतबार तोडेको थियो । त्यसपछि दिनहुँ चाँदीको मूल्यल

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ३१० पटक पढिएको
  • सुनको भाउ ३०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो १० रुपैयाँ

    इटहरी । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३०० रुपैयाँ घट्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ५४५ रुपैयाँ तोकिएको छ ।हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २३१ पटक पढिएको
  • मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज

    इटहरी ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा आज गर्न लागेको हो ।मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज बिहान बोलाइएको बताइएको छ । सञ्चालक समितिले पारित गरेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुनेछ ।

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ३६५ पटक पढिएको
  • बढ्यो सुनचाँदीको भाउ

    इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १४५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ४९० रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २८१ पटक पढिएको
  • ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको नोट छाप्ने ठेक्का पायो चिनियाँ कम्पनीले

    इटहरी ।  चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्ने ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।बैंकका अनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राह

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ३०९ पटक पढिएको
  • गत साताका सबै कारोबार दिन बढ्यो शेयर बजार, के होला यो साता

    इटहरी । गत  साताका पाँचै कारोबार दिन नेपाली शेयर बजार मापक नेप्से परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.४३ अङ्कले बढेर २ हजार ६७६.०३ विन्दुमा अडिएको छ ।बिहीबार जम्मा ३३३ वटा कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ८६ हजार १७० पटक किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँको शेयर किनबेच भएको छ ।बिहीबार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटा राताम्य भएका छन् । बिहीबार बैंकिङ समूह सर्वाधिक अर्थात् १.४७ प्रतिशतले बढ्दा फाइनान्स समूह आज सर्वाधिक ०.३८ प्रतिशतले घटेको थ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २०९ पटक पढिएको
  • सुनको भाउ फेरि पुग्यो तोलाको अढाइ लाख रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । भाउ बढेसँगै सुनको भाउले प्रति तोला अढाइ लाख रुपैयाँ नाघेको छ । आज सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३४५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ३११ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल