इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । भाउ बढेसँगै सुनको भाउले प्रति तोला अढाइ लाख रुपैयाँ नाघेको छ । आज सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३४५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको थियो ।