आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि नेपालले अपराजित रहेर जितेको छ ।हिजो भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो ।हिजो नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाएको थियो । सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आ
इटहरी । हिजो राति भएको खेलमा अपराजित यात्रा गरिरहेको ओमानलाई हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाएको थियो ।जीतसँगै नेपाल ४ खेलमा ८ अङ्क पाएर छनोट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । समान खेल खेलेको ओमानले ६ अङ्क पाएको छ । नेपाल र ओमान दुवैले कतार र युइएलाई पराजित गरेका थिए ।हिजो भएको खेलमा ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।नेपालका लागि गुल्सन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए
इटहरी डेस्क । एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको चौथो खेलमा नेपाल आज (मंगलबार) भियतनामविरुद्ध भिड्दै छ।भियतनामको घरेलु मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।समूह चरणमा लगातार तेस्रो हार भोगेको नेपाली राष्ट्रिय फुटबल टोली आज यो शृंखला तोड्न चाहन्छ। नेपाल आज यसअघि भियतनामसँग भएको हारको बदला लिने दाउमा छ। आफ्नै मैदान र समर्थकको साथ पाइरहेको भियतनाम भने नेपालविरुद्ध लगातार दोस्रो जित हासिल गर्ने रणनीतिमा छ। लगातार तेस्रो हारसँगै नेपाल यसअघि नै अघिल्लो चरणमा पुग्ने सम्भावना कठिन बनिसकेको छ। नेपालले अंक तालिकामो खाता खोल
इटहरी । नेपालले आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जीत निकालेको छ ।नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा कतार पराजित हुन पुग्यो ।यता, नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।कप्तान रोहितले ४१ बलमा ५८ र
लेटाङ । लेटाङ नगरपालिका र लेटाङ नगर भलिबल क्लबको संयुक्त आयोजनामा आयोजित कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । पहिलो दिन पुरुषतर्फ ३ र महिलातर्फ २ प्रतियोगिता सम्पन्न भएका छन् ।पुरुषतर्फ उद्घाटन खेलमा आयोजक लेटाङले मिक्लाजुङ गाउँपालिकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ भने उर्लाबारीले रतुवामाईलाई र इटहरीले झापालाई हराएका छन् ।त्यस्तै, महिलातर्फ दमकले पथरीलाई पराजित गरेको छ भने केपिलासगढी (खोटाङ) ले आयोजक लेटाङ–‘बी’ लाई पराजित गरेको छ ।असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा २४ टिम सहभागी छन् । जसमा १६ टिम पुरुष र ८ टिम महिला छन् । प्रतियोगितामा पुरुष र
नेपालले आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत युएईसँग १ रनले जीत हासिल गरेको छ ।खेलमा नेपालले १४१ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्सन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।
इटहरी । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।बुधबार राति अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।नेपालका लागि ओपनिङ्ग ब्याटर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाएका थिए । त्यस्तै, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले समान २०–२० रन बनाएका थिए ।१४२ रनका लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको थियो । नेपालका लागि ललित राजवंशीले २, सन्दीप लामिछानेले २ र कप्तान रोह
इटहरी । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दू बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गरेकी छिन् । आज मलेसियास्थित बायोमास ओभलमा घरेलु टोलीविरुद्धको चौथो खेलमा ४८ अविजित रन बनाएर नेपाललाई ६ विकेटको जीत निकालेकी हुन् । नेपालको जीतमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दूको हजार रन पूरा भएको हो । उनी हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी भइन् । इन्दूको ७७ खेलमा १ हजार ४ ३ रन छ । सीता रानामगरको ६३ खेलमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ खेलमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।इन्दूले हालसम्म एक अर्धशतक प्रहार गर्दा उच्च स्कोर ५५ रहेको छ । सन् २०१९ देखि सिनियर टोलीमा रहेक
इटहरी । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ।रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय अन्तिम टोलीमा सन्दीप लामिछाने पनि अटाएका छन् ।यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा उनीमाथि अनुशासनको कारबाही भएको थियो ।छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ।विश्वकप छनोट अक्टोबर ८ मा सुरु हुँदै छ।नेपाली टोलीरोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र
इटहरी डेस्क । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ।नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका छन् ।सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।अब ओमानमा हुने टी-२० विश