काठमाडौंः हिजो सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट खेलाडी हुँदै कार पुरस्कार पाएका छन् ।

कार विजेता रोहितले यो सिजनमा २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।