इटहरी - जय ट्रफीका क्रममा अम्पायरबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि कारवाही गरिएको छ। क्यानले नियम उल्लंघन भएको भन्दै उनलाई एक खेलका लागि निलम्बित गरेको छ।सन्दीपले क्यानले आयोजना गर्ने आगामी प्रतियोगिताको कुनै एक खेल खेल्न पाउने छैनन्। साथै, उनले उक्त घटनाबारे स्पष्टिकरण दिनुपर्नेछ।
काठमाडौ - सातदोबाटोमा एपीएफले पुलिसलाई २–० ले हराउँदै लगातार ७ खेलमा जीत दर्ता गर्यो। तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले २१ अङ्क जोडेको छ।अब प्लेअफमा क्वालिफायर–१ खेल शनिवार दशरथ रङ्गशालामा एपीएफ र आर्मीबीच हुनेछ। इलिमिनेटर खेल शुक्रवार पुलिस र बाग्मतीबीच एन्फा कम्प्लेक्समा हुनेछ। फाइनल माघ १६ गते दशरथमा हुनेछ।
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा ५० अङ्क बनाएको छ।दोस्रो स्थानको आर्सनलले एस्टनभिल्लासँग २–२ गोलको बराबरी खेल्दै ४४ अङ्कमा सीमित रह्यो। एस्टनभिल्ला समान २२ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ।अन्य खेलमा बर्नमाउथले न्युक्यासललाई ४–१ ले, क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेडलाई २–० ले र फुलहमले लेस्टर सिटीलाई २–० ले हराए।
फिदिम । पाँचथरको फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल आज हुँदैछ । प्रतियोगितामा उपाधीका लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लव प्रतिश्पर्धामा छन् ।सेमी फाइनलमा चर्च ब्वाइजले आयोजक फिदिम स्पोर्टिङ क्लव र मछिन्द्र फुटबल क्लवले ए डिभिजन न्यु रोड टिम (एनआरटि) लाई हराएको थियो । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा हुने आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ ।पुस ६ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले १० लाख ५ सय ५५ रुपियाँ र उप विजेताले ५ लाख ५ सय ५५ रुपियाँ प्राप्त गर्नेछ
एजेन्सी । डब्लुडब्लुइ सुपरस्टार रे मिस्टेरियो जुनियरका काका तथा प्रसिद्ध मेक्सिकन रेस्लर रे मिस्टेरियो सिनियरको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले डिसेम्बर २०, २०२४ मा यसको पुष्टि गरेको छ। परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै फ्यानहरूसँग यो दुखद खबर साझा गरेका छन् ।मिस्टेरियो सिनियरले मेक्सिकोमा लुचा लिब्रेको रूपमा धेरै लोकप्रियता प्राप्त गरेका थिए। विश्व कुस्ती महासंघ र लुचा लिब्रे एएए वर्ल्डवाइड जस्ता प्रमुख संस्थाहरूसँग उनले च्याम्पियनशिपको उपाधि पनि जिते । लुचा लिब्रे एएए वर्ल्डवाइडलाई प्रायः मेक्सिकोमा डब्लुडब्लुइको समकक्षको रूपमा मानिन्छ।उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प
इटहरी । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपीएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदू
इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सँस्करणको च्याम्पियन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएकाे छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो । त्यस्तै च्याम्पियन ट्रफी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदान गरेका थिए ।कसले के–के उपाधि जिते ?फेयर प्लेको अवार्ड –लुम्बिनी लायन्ससर्वोत्कृष्ट खेलाडी – सैफ
इटहरी डेस्क । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुनेछ ।प्रतियोगिताको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराएर फाइनल स्थान पक्का गरेको थियो । पहिलो प्लेअफमा सुदूरपश्चिमले जनकपुरमाथि आठ विकेट जित निकाली अन्तिम दुई स्थान सुरुमा पक्का गरेको थियो ।यी दुईलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो । त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ । उपाधि जित्ने टिमले १ करोड १० लाख रुपैयाँ हात
इटहरी । हङकङविरुद्धको यू–१९ एक दिवसीय क्रिकेट श्रृंखला नेपालले ‘क्लिन स्वीप’ गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज (शुक्रबार) तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा क्लिन स्वीप गरेको हो ।नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । पहिलो खेलमा नेपाल ३ विकेट र दोस्रोमा २२६ रनले विजयी भएको थियो ।
इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लाएको हो। यता कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। एलिमिनेटरबाटै बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैया