खेलकुद

    Showing ३४१-३५० of ५६२ items.
  • एनपिएल : हालसम्म १७ खेल, कुन टोली पुगे कुन स्थानमा ?

    इटहरी । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन। यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।हालसम्म पाँच खेलमध्ये लगातार चार खेलमा पराजित हुँदा एउटा खेलमा भने जित हात पारेको छ । पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा पोखरासँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।एनपिएलमा लुम्बिनीको प्लेअफको यात्रा लगभग समाप्त भइस

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • २५८ पटक पढिएको
  • एनपीएलमा आज दुई खेल हुँदै, कोसँग को भिड्दै ?

    इटहरी । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (मंगलबार) दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुनेछ ।चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • २२५ पटक पढिएको
  • एनपीएलमा आज ‘ब्रेक’ : मंगलबार दुई खेल हुँदै

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) कुनै पनि खेल राखिएको छैन । मंगलबार भने दुई खेल हुँदैछन् । मंगलबार बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलिसकेको लुम्बिनी जितबिहीन हुँदा खाता खोल्न सकेको छैन ।मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् । चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ । कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • २३२ पटक पढिएको
  • एनपिएल अपडेट : जनकपुरको अपराजित यात्रा कायमै, रोमाञ्चक खेलमा लुम्बिनीको चौंथो हार

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । लुम्बिनी भने लगातार चौंथो पटक पराजित भएको छ ।जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा लुम्बिनीले दुई विकेट गुमाएपछि पहिलो जित दर्ता गर्नबाट चुक्यो । साद बिन जफर शुन्य र सन्दीप जोरा १६ रनमा आउट भए ।क्याप्टेन रोहित पौडेलले ३५ र टम मुर्सले ३१ रन बनाएपन

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २८५ पटक पढिएको
  • एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी पराजित

    इटहरी डेस्क । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक विजयी भएको छ । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले अपराजित यात्रा जारी राखेको छ ।यसअघि सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रोमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो । लुम्बिनी लायन्सले भने जारी प्रतियोगितामा जित हात पार्न सकेको छैन । आफ्नो तेस्रो खेलसम्म पनि लुम्बिनी जितविहीन छ । १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आज नौ विकेट गुमाएर २० ओभरमा केवल १४२ रन मात्र बनायो ।आज सुदूरपश्चिमको जितमा सैफ जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • २५७ पटक पढिएको
  • इलाम गोल्डकपको तयारी पूरा , बिजेताले १० लाख नगद पुरस्कार पाउने

    इलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मंसिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताएबाह्र हजार दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम आइसकेका छन् । प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ ।स्पर्धामा आयोजक रेड हर्स क्ब पनि सहभागी हुनेछ । उक्त क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयो

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • २९७ पटक पढिएको
  • शिखर धवनको आक्रामक ब्याटिङमा काठमाडौँसामु १५० रनको लक्ष्य प्रस्तुत

    इटहरी डेस्क । शिखर धवनको आक्रामक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँँ गुर्खाजसामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।शिखर धवन ७२ र जिसन मक्सुद १४ रनमा अविजित रहे। धवनले ५१  बलमा ४ चौका र ५ छक्का प्रहार गरे। धवनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।सुस्त सुरुवात गरेको कर्णालीले अन्तिम तीन ओभरमा आक्रामक प्रर्दशन गरेको थियो।चाडविक वाल्टन २१ रन बनाउँदै जेहार्ड इरासमसको बलमा करण केसी

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ३२५ पटक पढिएको
  • सुदूरपश्चिमसँग पहिलो जित खोजिरहेको विराटनगर (प्रिभ्यु)

    विराटनगर । विराटनगर किंग्सविरुद्ध खेल्दै सुदूरपश्चिम रोयल्सले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सुरु गर्दै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने मंगलबारको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। उता सुदूरपश्चिमले भने एनपीएलमा पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम सुखद सुरुवातको योजनामा छ।उद्घाटन खेलमा जनकपुरसँग पराजित हुँदा विराटनगरका मार्टिन गुप्टिल एनपीएलको पहिलो संस्करणमा अर्धशतक हान्ने पहिलो खेलाडी बनेका थिए। न्युजिल्यान्डका उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। सन्दीप लामिछानेक

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ३२७ पटक पढिएको
  • एनपिएल : आज काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

    इटहरी । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् ।काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २४३ पटक पढिएको
  • आजदेखि सुरू भयाे ‘एनपीएल’ क्रिकेट : उदघाटन खेलमा विराटनगर र जनकपुर खेल्दै

     इटहरी । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपीएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलहीझैं सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ ।यसले खेलाडी

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • २८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल