इटहरी । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दू बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गरेकी छिन् । आज मलेसियास्थित बायोमास ओभलमा घरेलु टोलीविरुद्धको चौथो खेलमा ४८ अविजित रन बनाएर नेपाललाई ६ विकेटको जीत निकालेकी हुन् ।
नेपालको जीतमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दूको हजार रन पूरा भएको हो । उनी हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी भइन् । इन्दूको ७७ खेलमा १ हजार ४ ३ रन छ । सीता रानामगरको ६३ खेलमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ खेलमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।
इन्दूले हालसम्म एक अर्धशतक प्रहार गर्दा उच्च स्कोर ५५ रहेको छ ।
सन् २०१९ देखि सिनियर टोलीमा रहेकी इन्दूले हालसम्म ७० इनिङ्स खेलेकी छिन् ।


















