एजेन्सी । युरो कप २०२४ अन्तर्गत समूह ‘ए’ मा लगातार दोस्रो जित निकाल्दै आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी सुपर १६ मा पुग्ने पहिलो टोली बनेको हो। जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १ गोल गरे। खेलको २२ औँ मिनेटमा गुनडोगानको पासमा मुसियालाको गोलमा जर्मनीले सुरुवाती अग्रता बनाएको थियो। ७६ औँ मिनेटमा गुन्डोगानको गोलमा जर्मनीले अग्रता दोब्बर पारेको थियो। समूह चरणको पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो जित निकालेको जर्मनलीले लगातार दोस्रो जित दर्ता गरेको हो। लगाता
एजेन्सी । युरोकप २०२४ अन्तर्गत समूह बीको खेलमा क्रोएसिया र अल्बानियाले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।बुधबार राति भएको समूह बीको खेलमा क्रोएसिया र अल्बानियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्। समूह चरणको दोस्रो खेलमा अंक बाँडेसँगै अल्बानिया अंक तालिकाको तेस्रो र क्रोएसिया चौथो स्थानमा छन्। हारनजिक रहेको अल्बानियाले अन्तिम समयमा गोल फर्काउँदै रोमाञ्चक बराबरी गरेको हो। खेलको ११औँ मिनेटमा कासिम लासीको हेडर गोलमा अल्बानियाले सुरुवाती अग्रता बनाएको थियो।पहिलो हाफमा अग्रता बनाएको अल्बानियाले दोस्रो हाफमा भने गोल खान पुग्यो। खेलको ७४औँ मिनेटमा आन्द्रेज क्रामारिचको गोलमा क्
एजेन्सी । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा आयोजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ। गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा १ सय ७६ रन मात्र बनाउन सक्यो। अमेरिकालाई कम स्कोरमा रोक्न कागिसो रवाडाले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३२ रन दिए। केशव महाजन, एनरिच नोर्तेज तब्राहिज साम्सीले समान १ विकेट लिए। अमेरिकाका एन्ड्रिस जोसले सर्वाधिक ० रनको योगदान दिएपनि टोलीको हार टार्न स
इटहरी । अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा झगडा (विवाद) गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो ।नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो । नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकैबीच विवाद गरेका थिए । तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ ।२.१२ को व्यवस्था
इटहरी । बंगलादेशले नेपाल समक्ष जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज (सोमबार) भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बंगलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो ।शुरुदेखि नै दबाबमा रहेको बंगलादेशका कुनै पनि खेलाडीले २० रन समेत कटाउन सकेनन् । ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे । महमुदुल्लाह र रिसज होसेनले समान १३÷१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२÷१२ रन बनाए ।कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए । बंगलादेश
इटहरी । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन् । वेष्ट इण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा आज (सोमबार) बिहान भएको खेलमा नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले बंगलादेशका जाकिर अलीको विकेट लिएका हुन् ।१५.२ ओभरमा बंगलादेशका अलिलाई आउट गराएसँगै टी २० अन्तराष्ट्रिय खेलमा लामिछानेले १०० विकेट पु¥याएका हुन् । १३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए । उनी ५ बलमा ३ रन बनाएर बाहिरिए । १३.१ ओभरमा बंगलादेशले रिम्भु अपिल गरेपछि लामिछानेले विकेट नलिएको रेफ्रिले जानकारी गराएका थिए ।त्यसअघि ११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई रोहितकुमार
एजेन्सी । युरोकप–२०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार शानदार विजयी शुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै गोल खाए पनि उपाधि रक्षा गर्ने क्रममा पुनरागमन गर्दै अल्बानियालाई २–१ ले पराजित गर्न सफल भएको छ ।अल्बानियाका नेडिम बज्रामीले २३ औं सेकेण्डमा गोलको खाता खोल्दै इटालीलाई स्तब्ध पारेका थिए । तर खेलको ११ औं मिनेटमा इटलीका लागि अलेसान्ड्रो बास्टोनीले बराबरी गोल फर्काए । त्यसपछि खेल पूर्णतः इटालीको पक्षमा रह्यो र निकोलो बारेलाले विजयी गोल गरे ।स्पेनको जित भने सहज रह्यो । स्पेनले क्रोएसियालाई ३–० ले हराएको छ । स्पेनका त
सुनसरी - आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भएको छ। हारसँगै नेपाल सुपर-८ नपुगी समूह चरणबाटै बाहिरिएको छ। ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो।नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै अनिल साहले २७ रन बनाए। दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए।टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका रेजा हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। यस्तै ट्रीस्टन स्टबसले २७ र कप्तान एडन म
इटहरी । नेपालले तेस्रो विकेट गुमाएको छ । आइसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको हो ।नेपालका अनिल साह २७ रन बनाएर आउट भएका हुन् । यसअघि नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका थिए । जारी खेलको १५ ओभरमा नेपालले ३ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ ।
इटहरी । अमेरिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा प्रवेश गरेको छ । वर्षा नरोकिएपछि आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका समूह ‘ए’ बाट सुपर–८ मा प्रवेश गरेको हो । आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका सुपर–८ मा प्रवेश गरेसँगै पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।सेन्ट्रल ब्राडवार्ड रिजनल पार्क रंगशालामा खेल वर्षाका कारण टससमेत नभई रद्द भएपछि अमेरिकाले चार खेलबाट ५ अंक जोडेर सुपर–८ मा स्थान सुरक्षित गरेको हो । ३ खेलबाट २ अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ । ३ खेलबाट ६ अंक जोडेको भारत भने समूह ‘ए’ बाट यसअघि नै सुपर –८ मा प्रवेश गरिसकेको छ ।समूह चरणबाटै बाहिरिएको पाकिस्तान पहि