काठमाडौं – टाईब्रेकरमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
खेलको पहिलो हाफमा दुवै टोलीबीच प्रतिष्पर्धात्मक खेल देखिएको थियो। नेपालले दोस्रो हाफमा बलको पकड राम्रो बनाए पनि भारतले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाएको थियो। तर पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विजय हासिल गर्यो।
अब उपाधिका लागि नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो जितले नेपाली फुटबल समर्थकहरूमा उत्साह थपेको छ र उपाधि जित्ने अपेक्षालाई अझ बलियो बनाएको छ।


















