खेलकुद

    Showing ५२१-५३० of ६३९ items.
  • रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीको कारवाही

    इटहरी । अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा झगडा (विवाद) गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो ।नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो । नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकैबीच विवाद गरेका थिए । तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ ।२.१२ को व्यवस्था

    • प्रकाशित मितिः असार ५, २०८१
    • २२६ पटक पढिएको
  • इतिहास रच्न बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

    इटहरी । बंगलादेशले नेपाल समक्ष जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज (सोमबार) भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बंगलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो ।शुरुदेखि नै दबाबमा रहेको बंगलादेशका कुनै पनि खेलाडीले २० रन समेत कटाउन सकेनन् । ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे । महमुदुल्लाह र रिसज होसेनले समान १३÷१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२÷१२ रन बनाए ।कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए । बंगलादेश

    • प्रकाशित मितिः असार ३, २०८१
    • ५६९ पटक पढिएको
  • सन्दीप लामिछानेको अर्को रेकर्ड : १०० विकेट पुर्याएर रचे कीर्तिमान

    इटहरी । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन् । वेष्ट इण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा आज (सोमबार) बिहान भएको खेलमा नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले बंगलादेशका जाकिर अलीको विकेट लिएका हुन् ।१५.२ ओभरमा बंगलादेशका अलिलाई आउट गराएसँगै टी २० अन्तराष्ट्रिय खेलमा लामिछानेले १०० विकेट पु¥याएका हुन् । १३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए । उनी ५ बलमा ३ रन बनाएर बाहिरिए । १३.१ ओभरमा बंगलादेशले रिम्भु अपिल गरेपछि लामिछानेले विकेट नलिएको रेफ्रिले जानकारी गराएका थिए ।त्यसअघि ११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई रोहितकुमार

    • प्रकाशित मितिः असार ३, २०८१
    • ३२५ पटक पढिएको
  • युरोकप–२०२४ : इटाली र स्पेनको विजयी शुरुवात

    एजेन्सी । युरोकप–२०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार शानदार विजयी शुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै गोल खाए पनि उपाधि रक्षा गर्ने क्रममा पुनरागमन गर्दै अल्बानियालाई २–१ ले पराजित गर्न सफल भएको छ ।अल्बानियाका नेडिम बज्रामीले २३ औं सेकेण्डमा गोलको खाता खोल्दै इटालीलाई स्तब्ध पारेका थिए । तर खेलको ११ औं मिनेटमा इटलीका लागि अलेसान्ड्रो बास्टोनीले बराबरी गोल फर्काए । त्यसपछि खेल पूर्णतः इटालीको पक्षमा रह्यो र निकोलो बारेलाले विजयी गोल गरे ।स्पेनको जित भने सहज रह्यो । स्पेनले क्रोएसियालाई ३–० ले हराएको छ । स्पेनका त

    • प्रकाशित मितिः असार २, २०८१
    • ४२९ पटक पढिएको
  • आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित

    सुनसरी - आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भएको छ। हारसँगै नेपाल सुपर-८ नपुगी समूह चरणबाटै बाहिरिएको छ। ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो।नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै अनिल साहले २७ रन बनाए।  दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए।टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका रेजा हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। यस्तै ट्रीस्टन स्टबसले २७ र कप्तान एडन म

    • प्रकाशित मितिः असार १, २०८१
    • ४३३ पटक पढिएको
  • नेपाललाई तेस्रो झट्का, अनिल साह पनि आउट

    इटहरी । नेपालले तेस्रो विकेट गुमाएको छ । आइसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको हो ।नेपालका अनिल साह २७ रन बनाएर आउट भएका हुन् । यसअघि नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका थिए । जारी खेलको १५ ओभरमा नेपालले ३ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ ।

    • प्रकाशित मितिः असार १, २०८१
    • ४६३ पटक पढिएको
  • टी–२० विश्वकप : अमेरिका सुपर–८ मा प्रवेश, बाहिरियो पाकिस्तान

    इटहरी । अमेरिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा प्रवेश गरेको छ । वर्षा नरोकिएपछि आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका समूह ‘ए’ बाट सुपर–८ मा प्रवेश गरेको हो । आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका सुपर–८ मा प्रवेश गरेसँगै पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।सेन्ट्रल ब्राडवार्ड रिजनल पार्क रंगशालामा खेल वर्षाका कारण टससमेत नभई रद्द भएपछि अमेरिकाले चार खेलबाट ५ अंक जोडेर सुपर–८ मा स्थान सुरक्षित गरेको हो । ३ खेलबाट २ अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ । ३ खेलबाट ६ अंक जोडेको भारत भने समूह ‘ए’ बाट यसअघि नै सुपर –८ मा प्रवेश गरिसकेको छ ।समूह चरणबाटै बाहिरिएको पाकिस्तान पहि

    • प्रकाशित मितिः असार १, २०८१
    • २२० पटक पढिएको
  • टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई दियो११६ रनको लक्ष्य

    इटहरी - टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको हो।दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

    • प्रकाशित मितिः असार १, २०८१
    • ३४३ पटक पढिएको
  • दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं : कप्तान रोहित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जाने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नु पर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउदै वेस्ट इन्डिजको कन्डिसन बारे आफुहरु स्पष्ट नभएको बताउदै कप्तान रोहितले आफुहरुले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए । रोहितले द

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ३६९ पटक पढिएको
  • पिएनजीलाई हराउँदै अफगानिस्तान सुपर–८ मा, न्युजिल्याण्ड समूह चरणबाटै बाहिरियो

    काठमाडौं । जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सुपर–८ मा स्थान पक्का गरेको छ । अन्तिम खेल बाँकी हुँदै अफगानिस्तानले लगातार तीन खेलमा जित निकाल्दै सुपर–८ मा स्थान बनाएको हो ।समूह ‘सी’ मा अफगानिस्तानले पपुवा न्युगिनी (पिएनजी) लाई ७ विकेटले पराजित गरेसँगै न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ । समूहबाट वेष्ट इण्डिज र अफगानिस्तान अपराजित रहँदै सुपर–८ मा प्रवेश गरे । अब अन्तिम खेलमा यी दुईबीच अपराजित रहने दौडका लागि प्रतिस्पर्धा हुनेछ ।टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले अन्तिम बल बाँकी हुँदा अलआउट हुँदै ९५ रन बनाएको थियो । उसका लागि किप्लिङ दोरीगाले २७ रन बनाउनु सर्वाधिक रह्यो ।

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • २८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल