इटहरी । बंगलादेशले नेपाल समक्ष जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज (सोमबार) भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बंगलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो ।
शुरुदेखि नै दबाबमा रहेको बंगलादेशका कुनै पनि खेलाडीले २० रन समेत कटाउन सकेनन् । ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे । महमुदुल्लाह र रिसज होसेनले समान १३÷१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२÷१२ रन बनाए ।
कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए । बंगलादेशलाई १०६ रनमा समेट्न नेपालका सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २/२ विकेट हात पारे ।

















