खेलकुद

    Showing ५४१-५५० of ५६२ items.
  • राष्ट्रिय टीमबाट सन्दीप लामिछाने निलम्बित

    काठमाडैं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने राष्ट्रिय टीमबाट निलम्बनमा परेका छन् । बलात्कार आरोपमा जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको हो ।  ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ’, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरे

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ११७ पटक पढिएको
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप, पक्राउ गर्ने तयारी

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ । लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जीका लागि प्रहरीले जिल्ला अदालत जाने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध पटक–पटक बलात्कार गरेको आरोप लगाएकी हुन् । पीडित किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका थिए । जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप लगाइएको छ । प्रहर

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • १६५ पटक पढिएको
  • आजबाट महिला साफ च्याम्पियनसिप सुरु, नेपाल र भुटान भिड्दै

    काठमाडौं । महिला साफ च्याम्पियनसिपको छैटौं सस्करण आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज हुने च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ः३० बजे शुरु हुनेछ ।नेपाल आज हुने खेलमा भुटानलाई हराउँदै साफ च्याम्पियनसिपमा सुखद शुरुवात गर्न चाहन्छ । हालसम्म चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामै सिमित भएको थियो ।हालसम्म भारतसँग भन्दा अन्य टोलीसँग प्रतियोगितामा पराजीत नभएको नेपालले भुटानलाई कमजोर भने मानेको छैन । भुटान दुई साता अगाडि नै नेपाल आएर प्रशिक्षण गरेको थियो । छैटौं सस्करणसम्म आइपुग्दा फाइनल पुग्न नसकेको भुटा

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १०३ पटक पढिएको
  • नेपालले गर्यो केन्याविरुद्धको सिरिजमा क्लीन स्वीप

    काठमाडौं । नेपालले केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा क्लीन स्वीप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा आज (सोमबार) केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले जितेको हो ।२५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा जित निकालेको हो । नेपालको जितमा अर्जुन साउद, आशिफ शेख र बसिर अहमदले अर्धशतक बनाए ।अर्जुनले ५८ रन बनाए । त्यस्तै, आशिफले ४३ बलमा नौ चौका र दुई छक्कासहित ५६ रन बनाए । त्यस्तै, बसिरले ४९ बलमा सात चौकासहित ५२ रन बनाउँदै अविजित रहे । कप्तान रोहित कुमार पौडेल ४६ रनमा अविजित रहे । त्यस्तै, ज्ञानेन्द्र मल्लले ३३ रन बनाए ।केन्याका विरज पटेलले दुई

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ११३ पटक पढिएको
  • एक खेल अगावै जित्यो नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिज

    काठमाडौं । नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेल अगावै जितेको छ । घरेलु टोली केन्यालाई दोस्रो एकदिवसिय खेलमा १६ रनले पराजित गरेसँगै नेपालले श्रीखंलाको उपाधि २(० ले जितेको हो ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको अन्तिम विकेट बाँकि छँदा पाहुना टोली नेपालले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल तयार गरेको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । यसैगरी देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ दशमलव ३ ओभरमा २ सय १३

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १०१ पटक पढिएको
  • साफ यू १७ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टोली श्रीलंका प्रस्थान

    काठमाडौँ । साफ यू १७ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली शुक्रबार श्रीलंका प्रस्थान गरेको छ।  च्याम्पियनसिपका लागि नेपाली टोली आज दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार बिदाई गरेको थियो।  च्याम्पियसिपका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए।  साफ यू–१७ च्याम्पियनसिप भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूह बी मा भारत र भुटान छन्। समूह ए मा आयोजक श्रीलंकासँगै मालदिभ्स र बंगलादेश छन्। नेपालले भदौ २२ मा भुटानसँग खेल्दै च्याम्पियसिपको सुरुवा

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ११२ पटक पढिएको
  • पहिलो एकदिवसीय क्रिकेटमा नेपाल आज केन्यासँग भिड्दै

    काठमाडौं । नेपालले आज (शुक्रबार) केन्यासँग पहिलो एकदिवसीय क्रिकेट खेल्दैछ। नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोलीको केन्याको सामना गर्न लागेको हो। नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ।केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालक

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ११२ पटक पढिएको
  • नेपाली फुटबलका कप्तान किरणले गरे विवाह

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । कप्तान किरणले बुधबार प्रेमिका कञ्चन निरौलासँग विवाह गरेका हुन् । किरण र एयर होस्टेज कञ्चन डेढ वर्षयता प्रेम सम्बन्धमा थिए । किरणको विवाहमा नजिकका आफन्त र फुटबल खेलाडी, पदाधिकारीलाई विवाहमा निम्तो दिइएको थियो । गत महिना माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको अवसरमा किरणले कञ्चनलाई मैदानमै विवाहको प्रस्ताव राखेका थिए । किरण आबद्ध माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले माल्दिभ्सको शीर्ष लिगको उपाधि जित्दा उनी उत्कृष्ट गोलरक्षक चुनिए । 

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १०२ पटक पढिएको
  • एक खेल अगावै अष्ट्रेलियाले जित्यो दोस्रो एक दिवशीय क्रिकेट

    काठमाडौं । अष्ट्रेलियाले दोस्रो एक दिवशीय क्रिकेटमा जिम्बावेलाई ८ विकेटले पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । तीन खेलको शृंखलाको पहिलो खेल अष्ट्रेलियाले ५ विकेटले जितेको थियो । लगातार दोस्रो खेल जित्दै अष्ट्रेलियाले २-० को अग्रतासहित शृंखला आफ्नो पक्षमा पारेको हो ।स्टिभ स्मिथ र एलेक्स केरीले अविजित ८४ रनको साझेदारी गरेपछि जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४.४ ओभरमा पूरा गरेको हो । स्मिथले ४१ बलमा अविजित ४७ रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । केसीले अविजित २६ रन जोडे । डेभिड वार्नरले १३ रन बनाए भने कप्तान आरोन फिन्च १ रनमा आउट भए । जिम्बावेका रिचर्ड एन

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ९७ पटक पढिएको
  • एसिया कप टी–२० मा अफगानिस्तानको लगातार दोस्रो जित

    काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेको छ । उसले समूह ‘बी’ अन्तर्गत गएरातिको खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । योसँगै अफगानिस्तानले समूह विजेताका रूपमा सुपर चारमा स्थान सुरक्षित गरेको छ । पहिलो खेलमा उसले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।१२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अविजित रहेका नजिबुल्लाह जाद्रनले ४३ र इब्राहिम  जद्रनले ४२ रनको योगदान दिए । हजरतुल्लाह जर्जाइंले २३ तथा रहमनुल्लाह गुर्बाजले ११ रन जोडे । बंगलादेशका लागि शाकिव अल हसन, मोसाद्देक

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १०३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल