सुनसरी-विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ ।

प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ ।