मनोरञ्जन

    Showing ८१-९० of १४२ items.
  • कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने

    एजेन्सी। हालै प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएको छ । यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अब प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायांकन छिट्टै सुरु हुने भएको छ । पान इन्डिया स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ मा आफ्नो दमदार भूमिकाका कारण चर्चामा छन् । फिल्मलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । फिल्म ‘कल्की २८९८ एडी' ले अहिलेसम्म राम्रो कमाई गरिरहेको छ । ‘कल्की २८९८ एडी’ को मज्जा लिइरहेका प्रभासका फ्यानहरुका लागि खुसीको खबर छ । अभिनेताको फिल्म ‘सलार २’ को छायांकन छिट्टै सुरु हुँदैछ । सन् २०२३ मा रिलिज भएको ‘सालार पार्ट १’ को अपार सफलतापछि निर्देश

    • प्रकाशित मितिः असार २१, २०८१
    • २७२ पटक पढिएको
  • सर्वाधिक ओपनिङ गर्ने तेस्रो भारतीय फिल्म बन्यो प्रभासको ‘कल्की २८९८ एडी’

    एजेन्सी ।  दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ।प्रभास स्टारर फिल्मले पहिलो दिन विश्वभरिबाट १८० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। योसँगै कल्की तेस्रो ठूलो ओपनिङ गर्ने भारतीय फिल्म बनेको छ। यो वर्ष भारतमा सबैभन्दा ओपनिङ गर्नेमा यो फिल्म पहिलो हो। घरेलु बक्सअफिसमा सबै भाषामा गरेर नेट ९५ करोड भारु कमाएको छ। तेलुगुतर्फ साढे ६४ करोड कमाउँदा तमिलमा ४ करोड, मललायममा साढे २ करोड र हिन्दीतर्फ २४ करोड भारु नेट कलेक्सन रहेको छ। ग्रस कलेक्सन भने ११५ करोड भारु रहेको छ। बिहिबार तेलुगुमा ८५ प्रतिशत अकुपेन्ची थियो। व्यापारका साथै यस समीक्षात्मक हिसाबले उ

    • प्रकाशित मितिः असार १४, २०८१
    • ३११ पटक पढिएको
  • सात वर्षको प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

    मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा २०८१ असार ९ गते आइतबार विवाह गरेका हुन् ।सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए । विवाह दर्तापछि उनीहरुले मुम्बईको वर्लीमा रिसेप्सनको आयोजना गरेका थिए, जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरुको सहभागिता रहेको थियो ।विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सात बर्षदेखिको सम्बन्धलाई विवाहमा पर

    • प्रकाशित मितिः असार १०, २०८१
    • ३१९ पटक पढिएको
  • बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

    इटहरी ।  गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझको ग्राण्ड फिनालेमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन् ।उनले २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेण्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए । फस्ट रनरअप गुरूङले १० लाख र सेकेण्ड रनरअप विश्वकर्माले पाँच लाख नगद पुस्कार पाएका छन् । थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए । उनले स्कुटर पुरस्कार पाएका छन् ।यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको

    • प्रकाशित मितिः असार ९, २०८१
    • ५१२ पटक पढिएको
  • बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण

    मुम्बई । बलिउडकी चर्चित गायिका अल्का याग्निकले आफूले अचानक कान सुन्न छोडेको जानकारी दिएपछि अहिले यो विषय चर्चामा रहेको छ । सामाजिक सञ्जालमार्फत आफूले कान सुन्न छोडेको जानकारी दिँदै गायिका याग्निकले भाइरस हमलाका कारण सुन्ने क्षमता गुमाएको बताएकी छन् ।उनले लेखेकी छन्, ‘केही साताअघि विमानबाट ओर्लदै गर्दा अचानक मैले केही सुन्न नसक्ने महसुस गरे । यो घटनापछि धेरैलाई धैर्यता गर्नुप¥यो । आखिर, म मेरो मौनता तोड्न चाहन्छु र मेरा सबै साथीहरू र शुभचिन्तकहरूलाई बताउन चाहन्छु किन म लामो समयदेखि नसुन्ने भएकी छु । परीक्षण पछि डाक्टरले मलाई ‘सेन्सरी न्यूरल’ अर्थात श्रवणशक्तिमा कमी भएको पत्ता लगाएका छन् ।

    • प्रकाशित मितिः असार ७, २०८१
    • ४१९ पटक पढिएको
  • मिस् एसइइ इटहरीकाे फाईनल जेठ २६ गते हुँदै

    सुनसरी- मिस एसईई इटहरी सिजन ४ को फाईनल जेठ २६ गते  इटहरी ५ स्थित लायन्स भवनमा  हुने भएकाे छ। माध्यमिक शिक्षा परीक्षा एसईई दिएका छात्राहरूकाकाे सीप तथा नेतृत्व विकासकाे लागि आयाेजना गरीएकाे प्रतियाेगितामा काेशी प्रदेश भरीबाट ४० जना छात्राहरुकाे सहभागिता रहेकाे थियाे । फाईनलमा ४० जना मध्ये  टप १५ मा पुगेका छात्राहरुबिच प्रतिस्पर्धा गराइने मिस् एस् ई ई इटहरीका निर्देशक सरोज श्रेष्ठले बताए । प्रतियाेगितामा सहभागीहरूलाई व्यक्तित्व विकास , र्‍याम्प वाक, अभिनय ,सम्बन्धी प्रशिक्षण दिइएकाे निर्देशक  श्रेष्ठले जानकारी दिए ।इटहरीकाे गाेर्खा हाेटल र चिन्तन चाैतारीमा फाेटाे तथ

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • १,३९५ पटक पढिएको
  • बिरेन तितुङको निर्देशनमा ‘अल्लारे कान्छी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका बिरेन तितुङको निर्देशन रहेको  नेपाली गीत ‘अल्लारे कान्छी’को  म्युजिक भिडियो सार्वजनिक भएको छ ।  अस्मिता अधिकारी र हस्त लामाको आवाज रहेको गीतको भिडियोमा तामाङ समुदायको चर्चित मोडेल रस्मिला तामाङ र पूर्ण लिम्बूको अभिनयमा रहेको छ । गीतमा शब्द हस्त तामाङकै रहेको छ भने एरेन्ज मिक्स वाङ्छ्यु फ्युबाले गरेका छन्।एचजी मोसन पिक्चर्स नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ४४८ पटक पढिएको
  • रानीको ‘सेल्फी खिचौँला’ विना र निक्सको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । अमेरिकामा रहेर पनि नेपाली गीतसङ्गीत निरन्तर सार्वजनिक गर्ने रानी शाक्यको नयाँ गीत ‘सेल्फी खिचौँला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वर रहेको गीतमा हरि उप्रेतीको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत छ ।गीतको भिडियोमा सरोज प्रजा, विना राउत र निक्स शर्माको अभिनय छ । तीन जनाले माया गर्दै सेल्फी खिच्ने कुरा गीतमा गरेका छन् । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ । गीत रोमान्टिक डान्सिङ नम्बरमा तयार पारिएको छ । 

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ४३२ पटक पढिएको
  • ‘राजै’मा ललनासँग बलेको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । म्युजिक भिडियो निर्देशनमा लामो समयदेखि क्रियाशील महिला हुन् बबिता श्रेष्ठ । उनै क्षेत्र निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ ।भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरियाको प्रेम, रोमान्स र ट्रयाजेटिको कथा समेटिएको छ । राजकुमार शाह, आर्यन पुडासैनी, दीपेश श्रेष्ठ पनि भिडियोमा देखिएका छन् । नेहार बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।माया प्रेमका कथा बुनिएको भिडियोको निर्माता राजेन्द्र पुरी हुन् । भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन र उत्सव दाहालको छायाकन छ । गीतलाई प्रेयसी म्युजिकले बाहिर ल

    • प्रकाशित मितिः असोज ७, २०८०
    • २६३ पटक पढिएको
  • अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

    काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।होटेल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको हो। परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।

    • प्रकाशित मितिः असोज ४, २०८०
    • ५१६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल