सुनसरी- मिस एसईई इटहरी सिजन ४ को फाईनल जेठ २६ गते  इटहरी ५ स्थित लायन्स भवनमा  हुने भएकाे छ। 

माध्यमिक शिक्षा परीक्षा एसईई दिएका छात्राहरूकाकाे सीप तथा नेतृत्व विकासकाे लागि आयाेजना गरीएकाे प्रतियाेगितामा काेशी प्रदेश भरीबाट ४० जना छात्राहरुकाे सहभागिता रहेकाे थियाे । फाईनलमा ४० जना मध्ये  टप १५ मा पुगेका छात्राहरुबिच प्रतिस्पर्धा गराइने मिस् एस् ई ई इटहरीका निर्देशक सरोज श्रेष्ठले बताए । 

प्रतियाेगितामा सहभागीहरूलाई व्यक्तित्व विकास , र्‍याम्प वाक, अभिनय ,सम्बन्धी प्रशिक्षण दिइएकाे निर्देशक  श्रेष्ठले जानकारी दिए ।इटहरीकाे गाेर्खा हाेटल र चिन्तन चाैतारीमा फाेटाे तथा भिडियाे सुट गरीएकाे थियाे । प्रतियाेगीहरुलाई चलचित्र प्राेड्येसर तथा निर्देशक सन्ताेष सेनले अभिनय सम्बन्धी प्रशिक्षण, विश्व राष्ट्रसंघका कर्मचारी झुम्का जसीजका पुर्व अध्यक्ष तथा प्रशिक्षक सुवाेद घिमिरेले प्रतियाेगितामा सहभागिहरुलाई माेटिभेसन दिएका थिए । 

यसैगरी मिस् नेपाल २०२३ कि व्यटी विथ प्रपाेजकी विजेता आयुस्मा बरालले काेरीयाे ग्राफी सम्बन्धी प्रशिक्षण दिएकी थिईन् । टप १५ मा पुगेका प्रतियाेगिहरुलाई इटहरीका मेयर हेमकर्ण पाैडेलले समेत प्रशिक्षण दिएका थिए । कालापथ्थर नेटवर्कको व्यवस्थापनमा भईरहेकाे  मिस् एसईई इटहरीलाई सुस्मा कलेज इटहरी ,मार्टिन मेकअप स्टुडियाे इटहरी,उमा बुटिक इटहरी,फुडशाला फ्यामेली रेष्टुरेन्ट , जम्प एरीना , कल्प र यार्सागुम्बु वेभ्रेजले सहयाेग गरेका छन् । 

प्रतियाेगिताकाे विजेतालाई इटहरीकाे सुस्मा कलेजले  + २ अध्ययनमा सत् प्रतिशत  छात्रवृत्ति दिने  साथै फस्ट रनर अपलाई र सेकेन्ड रनर अपलाई ५० प्रतिशत छात्रावृत्ति प्रदान  गरिने छ।