राजनीति

    Showing ९१-१०० of ९२७ items.
  • नेपाली कांग्रेस इनरुवा नगर सभापतिमा योगेन्द्रप्रसाद मेहता निर्वाचित

    इनरुवाः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत इनरुवा नगर कार्यसमिति सभापति पदमा योगेन्द्रप्रसाद मेहता निर्वाचित हुनुभएको छ ।हिजो सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार मेहताले २९६ मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी खेमराज थापाले १०५ मत प्राप्त गर्नुभयो । ४६१ मत खसेकोमा ६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।सभापति पदका अर्का दावेदार रोशन खड्काले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि मेहता र थापाबीच मात्र प्रतिस्पर्धा भएको थियो । थापा नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिका निवर्तमान सचिव हुनुहुन्छ ।उपसभापति पदमा लिलामणि पोखरेल, महिला उपसभापतिमा देवकी नेप

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ११७ पटक पढिएको
  • नेपाली कांग्रेस सुन्दरहरैंचाको अधिवेशन आज, सभापतिलगायत केही पदमा निर्वाचन हुने सम्भावना

    विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचामा आज नगर अधिवेशन हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।नगर सभापति पदका लागि शुरुमा ६ जनाले उम्मेद्वारी घोषणा गरे पनि तीमध्ये तीन जनाले सो घोषणा फिर्ता लिनुभएको जनाइएको छ ।सभापति पदका लागि होमनाथ पोखरेल, हरि बस्नेत र हरि पौडेलले उम्मेद्वारी दिने सम्भावना रहेको जनाइएको छ ।उपाध्यक्ष, सचिव, सहसचिवलगायत केही पदमा निर्वाचन हुने सम्भावना रहेको जनाइएको छ । सबै पदमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको बताइएको छ ।बिहान ८ बजेदेखि नगर अधिवेशन सुकुना बहुमुखी क्याम्पसमा हुने भएको छ ।

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १९७ पटक पढिएको
  • संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरेको सम्बोधन

    काठमाडौंः प्रधानमन्त्री बालेन शाहले विश्वमञ्चमा नेपालको वातावरणीय प्रयासको चर्चा गर्दै अति कम विकसित देश भएर पनि नेपालले आफ्नो दायित्वभन्दा बढी योगदान गरिरहेको दाबी गर्नुभएको छ ।आज बिहान संयुक्त राष्ट्र संघको महासभाको सम्बोधनका क्रममा उहाँले नेपालले आफ्नो आधाजसो भूभाग वनजङ्गलले ढाकेको, विदेशका प्रदूषणकारी ऊर्जालाई विस्थापित गर्न तीव्र गतिमा जलविद्युत् उत्पादन गरिरहेको र विद्युतीय सवारीसाधन को प्रवर्द्धनलाई युरोपका कतिपय हिस्सासँग दाँज्न सकिने अवस्थामा पुर्याएको जानकारी दिनुभयो ।यस्तो छ उहाँले अङ्ग्रेजी भाषामा दिनुभएको मन्तव्यको नेपाली रुपान्तरणःश्रीमान् अध्यक्ष महोदय,महासचिवज्यू,महामहिमहरू,विश

    • प्रकाशित मितिः असोज ९, २०८३
    • २७९ पटक पढिएको
  • एमालेले गर्याे केन्द्रीय सदस्य मनोनयन

    काठमाडौंः नेकपा एमालेले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । विधानमा १० प्रतिशत मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो ।एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनित गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बन्नुभएको छ ।मनोनित भएका एमाले केन्द्रीय सदस्यहरूकाशीनाथ अधिकारीदेवराज घिमिरेहरि रिजालपासाङ शेर्पानरेन्द्र भट्टराईनाथुराम देवकोटाधर्म गिरीनारायण घर्तीविद्यासुन्दर शाक्यपाल्देन छोपाङशान्तिलाल महतविनोद पाण्डेप्रेम दङ्गालपुष्पराज श्रेष्ठविमला घिमिरेश्रीमाया थकालीजानुका सिंखडाबिना बास्तोलाकौशिला खत्रीसुरेन्द्र

    • प्रकाशित मितिः असोज ९, २०८३
    • १०९ पटक पढिएको
  • नेपाली कांग्रेसको देउवा पक्षले महाधिवेशन गर्न तोकेका जिल्ला संयोजकहरू

    इटहरी ।  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन गर्न जिल्ला संयोजक तोकेको छ ।पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको १५ औं महाधिवेशन तयारी समितिले समानान्तर अधिवेशन गर्न जिल्ला संयोजकहरू तोकेको हो ।यी हुन् विभिन्न जिल्लाका संयोजकहरूकोशी प्रदेशताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ ।पाँचथर– डेकेन्द्रकुमार तामाङझापा– कृष्ण हुमागाईंसंखुवासभा– रामकुमार जिसीभोजपुर धर्मराज राईमोरङ– सुभास पौडेलखोटाङ– रोजन राईओखलढुंगा– वालगोविन्द राजभण्डारीउदयपुर– वसन्त बस्नेत ।मधेस प्रदेशका ८ वटै जिल्लामा संयोजक तोक्न बाँकी छ ।बागम

    • प्रकाशित मितिः असोज ९, २०८३
    • १२१ पटक पढिएको
  • कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

    काठमाडौंः फेसबुकमार्फत् नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।असोज १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको कांग्रेसले असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दैछ ।केही पालिका र वडामा अझै अधिवेशन हुन बाँकी रहेको बताइएको छ ।

    • प्रकाशित मितिः असोज ८, २०८३
    • २१२ पटक पढिएको
  • सुन्दरहरैंचा–७ मा नेपाली कांग्रेसबाट सर्वसम्मत चुनिए प्रतिनिधिहरू

    गोठगाउँः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ को वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले कुबिर लिम्बूलाई सभापतिमा चयन गरेको छ ।अधिवेशनबाट वर्तमान नगर सभापति भक्तिप्रसाद सिटौलासहित ९ जना खुला तर्फबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । अन्य ८ जना प्रतिनिधिमा विशाल खरेल, बलभद्र बिष्ट, रञ्जना ओझा, कमल पराजुली, अनुरोध साह, लुबराज आचार्य, खेम पराजुली र हरिप्रसाद आचार्य चयन हुनुभएको छ ।महिलातर्फ दलित महिला शकुन दियालीसहित ५ जना चयन हुनुभएको छ । जसमा बालकुमारी सिटौला, विमला ढकाल अधिकारी, लक्ष्मी दाहाल र शर्मिला आचार्य हुनुहुन

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ९९ पटक पढिएको
  • आजदेखि हजार रुपैयाँको नयाँ नोट बजारमा

    इटहरी ।  आजदेखि नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । मुद्रा व्यवस्थापन विभागले असोज ८ गतेदेखि ‘सिरिज २०२५’ को नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो ।नोटको रङ र साबिकको आकारमा परिवर्तन नगरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप छ । दृष्टिविहीन व्यक्तिले छामेर दर पहिचान गर्न सकून् भनेर नोटमा ‘M’ आकारको स्पर्शयोग्य चिह्न राखिएको छ । नोटको सुरक्षण धागोमा ‘NRB’ र ‘१०००’ अंकित छ ।गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नोटको पछाडिको भागमा चितवनको सरकारी हात्तीसारमा रहेका राम

    • प्रकाशित मितिः असोज ८, २०८३
    • २२० पटक पढिएको
  • इटहरी कांग्रेस सभापतिमा विकास केसी सर्वसम्मत निर्वाचित

    इटहरीः नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन हुनुभएको छ ।सभापतिका उम्मेद्वार बालकृष्ण बिष्ट र विकास केसीबीच सहमति गराउने प्रयास हिजो दिनभर भए पनि सहमति जुट्न नसकेपछि आज मतदान गर्ने तालिका सार्वजनिक भएको थियो ।आज सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्व तहले दुवै उम्मेद्वारलाई राखेर पटक–पटक छलफल गरेपछि दुई जनाबीच सहमति जुटेको बताइएको छ ।केसी १३ औँ र १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित हुनुभएको थियो । अर्का प्रत्यासी बिष्ट १४ औँ महाधिवेशनमा केसीकै टिमबाट इटहरी नगरको उपसभापति पदमा चुनाव लडेर विजयी हुनुभएको थियो ।दुई जनाबीच भएको सहमतिमा बिष्टलाई केन्द्रीय महाधिवेशन

    • प्रकाशित मितिः असोज ८, २०८३
    • १६८ पटक पढिएको
  • नेपाली कांग्रेसको देउवा समूहले पौडेललाई तोक्यो मोरङ संयोजक

    विराटनगरः नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजक तोकेको छ ।१५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बुधबार पौडेललाई जिम्मेवारी दिनुभएको हो ।इतर समूहले आगामी मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तथा असोज १५ मा वडा अधिवेशन गर्ने जनाएको छ ।

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १,२८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल