राजनीति

    Showing १७१-१८० of ८३५ items.
  • स्वास्थ्यकर्मी निशा मेहता भइन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

    विराटनगरः कोशी प्रदेशबाट मन्त्री हुने एक मात्र मन्त्री भएकी छिन् निशा मेहता । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेकी छिन् ।सुनसरीको इनरूवाकी उनी रास्वपा केन्द्रीय सदस्यसमेत हुन् । उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । उनको नाम समानुपातिकतर्फ पार्टीले २०७९ को निर्वाचनमा पनि राखेको थियो ।२०४४ साल साउन २२ गते इनरूवामा जन्मेकी उनी रास्वपामा स्थापनाकालदेखि नै सक्रिय थिइन् । उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन् ।प्रतिनिधि सभा सांसद निर्वाचित हुनुअघिसम्म उनले विराट टिचिङ अस्पतालमा काम गरेकी थिइन् । उनले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदे

    • प्रकाशित मितिः चैत १५, २०८२
    • २३६ पटक पढिएको
  • वादी समुदायबाट पहिलो पटक सरकारमा नेतृत्व, सीता वादी बनिन् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

    सुर्खेतः वादी समुदाय नेपालको पछाडि पारिएको समुदाय हो । सो समुदायको प्रतिनिधित्व गर्दै पहिलो पटक सरकार सञ्चालनमा पुगेकी छिन् सीता वादी । सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायकी उनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन् ।उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी २९ वर्षीया सीता वादी दलित महिला समूहबाट सांसद बनेकी थिइन् । २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा जन्मिएकी उनी छुवाछूत र सामाजिक बहिष्कारको तीतो अनुभवबीच हुर्किएकी थिइन् ।उनले बाल्यकालमा गरिबी र अभाव सामना गर्नुपर्यो । भूमिहीन वादी समुदायमा शिक्षाक

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १८४ पटक पढिएको
  • पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ बने ऊर्जामन्त्री

    काठमाडौंः २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका विराजभक्त श्रेष्ठ २०७९ सालमा रास्वपाबाट प्रतिनिधिसभामा चुनिएका थिए । रास्वपा सरकारमा सहभागी भएका बेला उनी युवा तथा खेलकुद मन्त्री भएका थिए ।उनै श्रेष्ठले यसपटक काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएर ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । श्रेष्ठले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातकसम्म अध्ययन गरेका छन् ।श्रेष्ठ उज्ज्वल थापा नेतृत्वको विवेकशील राजनीतिबाट आएका हुन् । उनले काठमाडौं महानगरमा विवेकशील पार्टीको संगठन विस्तारको काम गरेका थिए उनी विभिन्न राजनीतिक तथा सांस्कृतिक अभियानमा संलग्न थिए ।विराज जनता समाजवाद

    • प्रकाशित मितिः चैत १४, २०८२
    • २१७ पटक पढिएको
  • पर्यटकीय नगरी पोखरावासी लेखक गनेश पौडेल बने पर्यटन तथा संस्कृति मन्त्री

    पोखराः नयाँ मन्त्रिमण्डलमा पर्यटकीय नगरी पोखराका लेखक गनेश पौडेल बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन् । उनले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिए पनि पराजित भएका थिए ।स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिँदा उनले सार्वजनिक सम्पत्ति, फेवाताल संरक्षण र सिंगो पोखराको विकासमा पुराना दलले काम गरेको चित्त नबुझेपछि आफूले उम्मेद्वारी दिएको बताएका थिए । त्यतिखेर उनले शिक्षा सुधारको विषयलाई पनि प्रमुखताका साथ उठाएका थिए ।काठमाडौं महानगरका मेयर उम्मेद्वार बालेन शाहले पाएको लौरो नै उनको पनि चुनाव चिह्न थियो । उनल

    • प्रकाशित मितिः चैत १४, २०८२
    • २९९ पटक पढिएको
  • पूर्व शिक्षामन्त्री शिशिर खनाल बने परराष्ट्र मन्त्री

    इटहरी ।  २०७९ सालको निर्वाचनमा विजयी भएर १९ दिन शिक्षामन्त्री बनेका शिशिर खनाल यस पटक परराष्ट्र मन्त्री बनेका छन् ।काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद खनालले सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका थिए । त्यसपछि त्रिचन्द्र कलेजबाट आइएस्सी गरेका खनालले राजनीतिक अर्थशास्त्रमा अमेरिकाको बृजपोर्ट विश्वविद्यालयबाट स्नातक गरेका छन् ।अमेरिकाकै युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्केका खनालले सुरूमा सर्वोदय अभियानमा काम गरेका थिए । उनले सन् २०१२ मा ‘टिच फर नेपाल’ स्थापना गरे । यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्वयंसेवी शिक्ष

    • प्रकाशित मितिः चैत १४, २०८२
    • २७९ पटक पढिएको
  • रास्वपाकी सहप्रवक्ता पूर्व पत्रकार प्रतिभा रावल बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

    कञ्चनपुरः हिजो बनेको नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छिन् । रास्वपाबाट समानुपातिक सांसद बनेकी रावलको नाम यसअघि सभामुख पदका लागि चर्चामा थियो रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमा समेत थिइन् ।पार्टी सभापति लामिछाने गृहमन्त्री बनेकै बेलादेखि उनी लामिछानेको सचिवालयमा रहेकी कञ्चनपुरको महेन्द्रनगरकी स्थायी बासिन्दा रावल नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन् ।रास्वपा गठनको सुरूआतदेखि नै पार्टीमा आबद्ध उनीसँग साउथ एशिया फ्याक्ट चेकमा काम गरेको पनि अनुभव

    • प्रकाशित मितिः चैत १४, २०८२
    • ३३६ पटक पढिएको
  • गृहमन्त्री बन्छु भन्दै गोरखामा भोट मागेका सुधन गुरूङ बने गृहमन्त्री

    गोरखाः राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सुधन गुरूङ गृहमन्त्री बनेका छन् । गोरखाका कतिपय गाउँमा आफूलाई भोट माग्ने क्रममा उनले जितेपछि आफू गृहमन्त्री बन्ने बताउने गरेका थिए ।गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित पाङसिङ गाउँका उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो । उनका बुबा दिलबहादुर गुरूङ तत्कालीन माओवादीमा आबद्ध थिए भने समाज सेवामा समेत सक्रिय थिए ।सुधनले ‘हामी नेपाल’ का संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रमा काम गरेका थिए । २०७२ सालको भुइँचालोको बेला उनले राहत तथा उद्धार क्षेत्रमा काम गरेका थिए ।भदौ २३ को जेनजी आन्दोलन क्रम

    • प्रकाशित मितिः चैत १४, २०८२
    • ४७६ पटक पढिएको
  • पक्राउ परे पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक

    काठमाडौंः प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई उनीहरुको निवासबाट आज बिहान पक्राउ गरेको छ ।गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले उनीहरुलाई पक्राउ गरेको हो । लेखक भक्तपुरको कुटुन्जेस्थित निवासबाट र ओली भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका हुन् ।नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यान मुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्व प्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहे पनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा

    • प्रकाशित मितिः चैत १४, २०८२
    • २०२ पटक पढिएको
  • चुनावअघि नै भावी अर्थमन्त्रीका रुपमा चर्चा गरिएका डा. स्वर्णिम वाग्ले भए अर्थमन्त्री

    तनहुँः तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य स्वर्णिमा वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपभापति पनि हुन् । वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यवारिधी गरेका छन् ।वाग्लेसँग राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी) को एशिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । उनले सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस), विश्व बैंक र काठमाडौं विश्वविद्यालयमा पनि आबद्ध भएर काम गरेका थिए । वाग्ले देशको आर्थिक नीति योजना कार्यक्रम र वैचारिक विमर्शहरूमा सक्रिय रहँदै आएका छन् ।२०७२ सालको महाभूकम्पपछि पुनर्निर्मा

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १८५ पटक पढिएको
  • पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्ने तयारी

    काठमाडौंः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न आवश्यक सबै प्रक्रिया पूरा भइसकेको प्रहरीले जनाएको छ । नयाँ सरकारको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखक पक्राउ पर्न लागेका हुन् ।सो प्रतिवेदनमा ओली र लेखकलाई ज्यान लिएको कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । ओली र लेखकको निवासमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्ष

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल