इटहरी । नेकपा एमालेकी नेता रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन्।नेकपा एमालेबीच गठबन्धन भएको हुँदा उनी सहजै निर्वाचित भएकी हुन्।झाँक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गर्दै निर्वाचित भएकी हुन्।लुम्बिनीबाट ३ वटै सिटमा कांग्रेस-एमाले गठबन्धनबाट निर्वाचित भएका छन्।महिलातर्फ झाँक्री निर्वाचित हुँदा अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ निर्वाचित भए। उनले ५ हजार ३ सय २२ मतभार प्राप्त गरे। त्यस्तै अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। उनले ५ हजार ९७७ मतभार प्राप्त गरेका हुन्।
सर्लाही । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा आइतबार सर्लाही जाने भएका छन् । उनी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ पुग्न लागेका हुन्।सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही-४ का युवासँगको अन्तरक्रियामा आफू जिल्ला जान लागेको जानकारी दिए । ‘भोलि म सर्लाही जाँदैछु । पटक पटक म गएको छु, क्षेत्र नम्बर ४ मा,’ उनले भने, ‘तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट (उत्साह) छ ।’सर्लाही–४ का युवामाथि भरोसा गरेर आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको सभापति
म्याग्दी । पूर्व शिक्षा मन्त्री महावीर पुनले अरुलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताएका छन् ।मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पुनले आज पत्रकार सम्मेलन गर्दै ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपमा स्पष्टीकरण दिए ।चौतारोमा पत्रकार सम्मेलन आयोजना गरेका पुनले भने, ‘कसैले धोकेबाज पनि भनेको छ, भगौडा, मन्त्रिपरिषदलाई धोका दिएको, जेनजीलाई धोका दिएको भनेका छन् । धोका दिनलाई होइन, धोका नदिनलाई छोडेको । किनभने त्यहाँ बसेर काम गर्न सकिन्न भने किन बस्ने ?’सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको उनको भनाइ थियो ।महावीर पुन मन्त्री पदबाट सुटुक
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटक चुनाव लड्ने टिकट नदिइएका आफूइतरका नेताविरुद्ध गरेको टिप्पणीप्रति सम्बन्धित पक्षबाट असन्तोष प्रकट भइरहेको छ। ओलीले हालैको एक अन्तर्वार्तामा हार्ने अवस्था देखिएकाले पार्टीका उपमहासचिव योगेश भट्टराई तथा नेताहरू सुरेन्द्र पाण्डे गोकुल बास्कोटा र बिन्दा पाण्डेलाई उम्मेदवार नबनाइएको भनेका थिए। यस विषयमा उपमहासचिव योगेशपछि नेता पाण्डेले पनि असन्तुष्टि व्यक्त गरेका हुन्। हालै सम्पन्न एमालेको एघारौँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएर पराजित नेता पाण्डेले शनिबार सामाजिक सञ्जालमार्फत चुनाव नजिकिइरहेका बेला अध
इटहरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेता, भावी प्रधानमन्त्रीका दाबेदारदेखि स्वतन्त्र उम्मेदवारसम्मका केहीले आफूलाई नै मतदान गर्न नपाउने भएका छन्। आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका कारण उनीहरूलाई यस्तो अवस्था सिर्जना भएको हो।निर्वाचनसम्बन्धी कानुनअनुसार मतदाता नामावली रहेकै क्षेत्रबाट उम्मेदवारी दिएका व्यक्तिले मात्र मतदान गर्न पाउने व्यवस्था छ। यसका कारण कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बाल
इटहरी ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो ।रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भट्टराईसँग उम्मेदवारी फिर्ता लिन आग्रहका गरेका हुन् ।रास्वपाले यो क्षेत्रका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि
इटहरी । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक आज (शुक्रबार) पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्दै छ। गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य आज पहिलोपटक आफ्नो पार्टी कार्यालय 'बीपी स्मृति भवन'मा प्रवेश गर्ने भएका हुन्। वैधानिकता विवादका कारण यसअघि पार्टी कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नै ओगटिरहेको थियो। थापा सभापति भइसकेपछि तथा माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि देउवा पक्षले माघ ३ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक त्य
इटहरी । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका छन् । बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सभापति थापाले सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका छन्।गत पुस ३० गते विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृ
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटवार्ता गर्दैछन्। झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि ओली दबाबमा परेका छन्। जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचोकको नमूना कृषि खेतीको सभाहलमा ओलीको कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ। अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले बताए। वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड, विकासको अवस
इटहरी । गगन थापा नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्ने भएको छ।गत पुस २७–३० मा काठमाडौँको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो। नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलोपटक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने माघ २ गते निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो।त्यसपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक