इटहरी ।  बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित हुनुभएको छ । कांग्रेसबाट निर्वाचन जित्ने उहाँ एक मात्र महिला बन्न सफल हुनुभएको छ ।

कांग्रेसले अग्रता लिइरहेका ९ स्थानमा सबै पुरुष उम्मेद्वार छन् । कांग्रेसले ५ सिटमा जीत हासिल गरिसकेको छ ।

निर्वाचनको अन्तिम मत परिणामअनुसार विजयी थापाले १२३७२ मत ल्याउँदा नेकपा एमालेका रवीन्द्रराज शर्माले ११७९६ मत ल्याउनुभएको छ । रास्वपाका नन्दकिशोर बस्नेतले ७८९४ र नेपाली कम्युनिष्ट पार्टीका अम्बरबहादुर थापाले ४१०९ मत ल्याउनुभएको छ ।

बाँकी उम्मेद्वारले ६०० मत कटाउनुभएको छैन ।