काठमाडौं । दरबारमार्गस्थित होटल उडन्यान्डको हाताभित्र सञ्चालित लिक्विड लाउन्ज बारमा भएको आगलागीले बारका सम्पूर्ण सामान नष्ट भएका छन् ।

लाउन्ज बारका सञ्चालक सञ्जीव लामाले बताएअनुसार आगलागी नियन्त्रणमा आए पनि भित्र छिर्न सक्ने अवस्था छैन । त्यहाँ रहेका सम्पूर्ण सामान नष्ट हुँदा कम्तिमा पाँच करोडभन्दा बढी मूल्यको क्षति भएको उनले बताए । बारमा मदिरा, खानपिनका अन्य सामान, नगदसहितका सम्पूर्ण भौतिक बस्तु आगलागीबाट नष्ट भएको छ ।

विद्युत सर्ट हुँदा आगलागी भएको लामाले बताए । होटल उडल्यान्ड रहेको भवनमा विद्युत आपूर्तिमा पहिल्यैदेखि समस्या रहेको उनले बताए ।