समाचार

    Showing ८१-९० of ४७७ items.
  • सिन्धुलीमा सर्पले टोकेर ६५ बर्सिया महिलाको मृत्यु

    काठमाडौँ । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ । दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । असोज ३ मा सर्पले टोकेपछि उनलाई दुधौली स्थित सर्पदंश अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा  मृत्यु भएको हो । दायाँ हातको औँलामा सर्पले टोकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  अनुसार  परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरेका छन् । 

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ३३ पटक पढिएको
  • आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी  प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशहरूको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।आज राति देशभर आंशिक देखि सा

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ६० पटक पढिएको
  • अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

    काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।होटेल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको हो। परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ८० पटक पढिएको
  • काठमाडौं उपत्यकामा द्रुत बस सेवाको शुभारम्भ

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । आज (बुधबार) काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरेका हुन् ।द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क सञ्चालन हुनेछ । भोलिदेखि सर्वसाधारण यात्रीले यो सेवा उपयोग गर्न सक्नेछन् ।आज सो बसमा मन्त्री ज्वाला, वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायतले यात्रा गरे ।

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • ३६ पटक पढिएको
  • साउदी अरेबिया पुगेका झापाका एक व्यक्ति सम्पर्क विहीन

    साउदी । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका झापाको दमक ९ का घनेन्द्र सुवेदी एक सातादेखि सम्पर्कविहीन भएका छन्। साउदी अरेबियाको रियादस्थित अल अरिद कम्पनीमा २००३ देखि क्रेन डाईभरका रूपमा कार्यरत रहेका थिए। सुवेदी गत बुधबार बिहान ८ बजे आफ्नो मोबाइल र कम्पनीको मोबाइल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर सम्पर्कविहीन भएको जानकारी झापाली सहकोषाध्यक्ष सुजन घिमिरेले बताए।हालसम्म पनि उनी सम्पर्कमा नआएको परिवारले बताएका छन्। सम्पर्कविहीन भएका सुवेदीको खोजीका लागि सहयोग गरिदिन झापा समाज साउदीले दूतावास लगायत विभिन्न संघसंस्था र व्यक्तिलाई आग्रह गरेको छ। सम्पर्कविहीन भएक

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • ४४ पटक पढिएको
  • दस हजार झोलुङ्गे पुल निर्माण

    काठमाडौँ । सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो । उक्त अभियानलाई सफल बनाउन सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुलसम्म पुग्न सकिने अवस्था थियो ।अहिलेसम्म सरकारले कोशीमा दुई हजार १८३, मधेशमा २०१, बागमतीमा एक हज

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • २५ पटक पढिएको
  • कित्ताकाट खुलेपछि चम्कियो घरजग्गा कारोबार

    काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो ।नेपाल राष्ट्र बैंकले असोजदेखि नै लागू हुनेगरी २ करोडसम्म घर निर्माण कर्जा दिने र ब्याजदर पनि स्थिर हुने जनाएपछि अब उप्रान्त भने घरजग्गा कारोबार चम्किने लक्षण झनै बढेको छ । बैंकहरूले घरजग्गा कर्जामा कडाइ गरेपछि निर्माण व्यापारसमेत शिथिल रहेकामा अब भने घर निर्माण बढ्न गई समग्र अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • ४३ पटक पढिएको
  • यस्तो छ आजको मौसम

    काठमाडौँ । हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा    चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। आज राति भने  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र 

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • ८३ पटक पढिएको
  • आज संविधान दिवश: देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • २६ पटक पढिएको
  • मोरङमा एक महिलाको भात पकाउने क्रममा जलेर मृत्यु

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया भेडियन देवी माझी रहेकी छन् ।आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली घाइते भएकी उनलाई उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ५७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.