इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जङ्गल क्षेत्रमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधनका चालकलाई चार दिनपछि प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।गत आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी–७ मा बा २ झ २२२६ नम्बरको गाडीले ठक्कर दिँदा पथरीशनिश्चरे नगरपालिका–१० निवासी ६० वर्षीय गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा लिम्बूको मृत्यु भएको थियो ।दुर्घटना भएको क्षेत्र जङ्गल भएकाले सिसी क्यामेरा नहुँदा घटनामा संलग्न सवारी पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो । घटनास्थलमा गाडीका केही फुटेका पार्टपुर्जा मात्र फेला परेपछि प्रहरीले ती सामग्रीलाई आधार बनाएर अनुसन्धान अ
इटहरीः लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच सहकार्य र पैरवीलाई प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा पैरवी समूह गठन भएको छ ।कार्यक्रममा प्रदेश सांसद सपना परियार, माइती नेपाल सुनसरीकी प्रमुख सुनिता कार्की, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रमका सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले समाजमा अझै पनि विभेद, बहिष्करण तथा अवसरको असमानता भोग्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबै सरोकारवालाल
इटहरी । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदर स्थानमा रहेकाले अघिल्ला दिनहरुको तुलनामा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमसम्मको र एक÷दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङस
इटहरीः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी, सुनसरी तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले असार महिनाभरि सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिहरू पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरिएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीमा आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, सवारी साधनमाथिको निगरानी, जनचेतनामूलक अभियान तथा अन्य महत्वपूर्ण गतिविधिबारे जानकारी गराइएको थियो ।
इटहरी : दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत कर्मचारी रबिन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमाअन्तर्गत प्राप्त ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ।बुधबार नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी तथा बिमा संयोजक देवराज पुरीले संयुक्त रूपमा चौधरीलाई बिमा दाबीबापतको रकम हस्तान्तरण गरेका हुन्।कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले दुर्घटनापछि प्राप्त बिमा रकमले घाइते कर्मचारीलाई आर्थिक राहत पुगेको बताए।उनले सञ्चारकर्मीको सुरक्षालाई प्राथमिकतामा रा
काठमाडौंः सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोकेको विरोधमा युवा–विद्यार्थी सडकमा निस्किएका छन् । युवाले २ दिनअघिको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना लोकसेवाको पदपूर्ति नगर्न गरेको निर्णय खारेजीको माग गरेका छन् ।लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने युवाहरूको माग छ ।काठमाडौंको माइतीघरमा विरोधमा निस्किएकाहरूले सरकारको यस निर्णयले वर्षौँदेखिको लोकसेवा तयारीमा गरिरहेको मिहिनेत खेर गएको र रोजगारीको सपनामा लात हानेको गुनासो पोखेका छन् ।करार प्रणालीको दुरुपयोग रोक्नुपर्ने, रिक्त दरबन्दीमा समयमै खुला प्रतिस्पर्धाबाट स्थायी प
इटहरी । कोशी प्रदेश प्रहरी कार्यालयले २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । व्यावसायिकता र उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने दुई जना प्रहरी असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन् ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अस्थायी प्रहरी चौकी चाँदबेला सुनसरीका प्रहरी सहायक निरीक्षक गणेश थापा र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवतीप्रसाद ढकाल असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको हो ।प्रहरी सहायक निरीक्षक थापाले गस्तीका क्रममा एक थान चाइनिज पेस्तोल र ३ राउन्ड गोलीसहित दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिन सफल हुनुभएको थियो
बेलबारीः मोरङको बेलबारी नगरपालिका–४ स्थित इमानस्मृति टोल विकास संस्थाले ‘स्वच्छ टोल, स्वस्थ समाज’ भन्ने मूल नारासहित ‘एक घर, एक सहभागिता’ अभियान प्रारम्भ गर्दै सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।टोलवासीले इमानसिंह चोक, स्मृति चोक, महेन्द्र चोक तथा आसपासका सार्वजनिक स्थलहरू सफा गरेका थिए । सरसफाइका क्रममा सडक र नाली किनारमा उम्रिएका झारपात हटाउनुका साथै बाटोमा लत्रिएका र आवागमनमा अवरोध पुर्याउने रूखका हाँगाहरू काटेर व्यवस्थित बनाइएको थियो ।संस्थाले आगामी दिनमा वातावरण संरक्षण, फोहोर व्यवस्थापन, वृक्षारोपण तथा हरित टोल निर्माणसँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ
इटहरीः भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा मंगलबार इटहरीमा बाल अधिकारको संरक्षण र अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया भएको छ ।‘बाल अधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका सम्बन्धी कार्यशालामा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष भरत थापाले बालबालिका कुनै पनि प्रकारको यौन दुर्व्यवहारको सिकार नबनून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।बाल अधिकारको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हुनाले जिम्मेवार समाचार सम्प्रेषण र जनचेतनामूलक सामग्रीमार्फत् बालबालिकाको सुरक्
बेलबारीः जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको प्रमुख आतिथ्यतामा मातहतका सम्पूर्ण युनिट इन्चार्जहरुको उपस्थितिमा दैनिक कार्य सम्पादन मूल्याङ्कन ढाँचा कार्यान्वयन समीक्षा सम्पन्न गरेको छ ।सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी र अस्थाई प्रहरी चौकी कटहरीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्रिकाकुमार श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको छ ।गिरी र श्रेष्ठलाई कार्यालय प्रमुख कबित कटवालले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।सो क्रममा आफूले पाएको जिम्मेवारीलाई अझ उत्कृष्ट तवरले न