इटहरी । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो।यसैवर्षदेखि यो लागू गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। मावि तह उत्तीर्ण हुनको लागि कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिक विषयमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ।संशोधन गरिएको निर्देशिका अनुसा
इटहरी। सुनसरीको इटहरी १ आपगाछीस्थित राष्ट्रिय माध्यमिक बिद्यालयले बिहीबार ६९ औ बार्षिकोत्सव तथा अिभभावक दिवश सम्पन्न गरेको छ । बिद्यालयका अध्यक्ष कोविदजंग कार्किको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा बिभिन्न बिधाका छात्रावृती , अक्षयकोष लगायत अन्य समयमा सम्पन्न खेलकुद प्रतियोगीतामा उत्कृस्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ नगद सहित सम्मान गरिएको थियो ।कार्यक्रममा बिद्यालयका उत्कृस्ट शिक्षक , कर्मचारी ,अभिभावक लगायत पूर्व विद्यार्थीहरूलाइ पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले मुलुकमा गणतन्त्र स्थापना पछि गाउ समाज शहर पनि प्रविधिमैत्री बनिसकेकोले
पथरी शनिश्चरे - मोरङको पथरीशनिश्चरे नगरपालिका—१, मा रहेको पञ्चायत माविमा तीन दिने सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु भएको छ । नमुना घोषित पञ्चायत माविको आयोजनामा सुरु भएको कार्यक्रम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र १ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सुरु भएको हो । विद्यार्थीलाई जागरुक र अनुशासित राख्न संगीतको तालमा ४१ वटा पीटी (फिजिकल ट्रेनिङ) सिकाइने प्रशिक्षक हरिश ओलीले बताए । त्यसैगरी सरकारी विद्यालयमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देही बुटवल—१० मा रहेको कालिका माविका प्रधानाध्यापक दिनेश थापाले शैक्षिक गुणस्तर सुधारक
पथरी शनिश्चरे - पथरी शनिश्चरे नगरपालिका वडा न.- ७ लामाटोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्र भित्रको प्रत्येक घरमा हिंडिरहेको हो । असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक रुपमा बिहान ७ बजेदेखि ११ बजे संचालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक केशव न्यौपानेले जानकारी दिए । पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या न्यून भएको र यस्तै रहेमा कक्षा घटुवा हुने पत्रचार गरेपछि विभिन्न कार्यक्
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।परीक्षा नियन्त्रक कार्यालयका अनुसार पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ । नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना
महोत्तरी । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन् । पूर्व धनुषा, पश्चिम सर्लाही, उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाको बीचमा अवस्थित छ यो क्याम्पस । यो क्याम्पस हाल आएर पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्च शिक्षाको अवसर दिने थलो बनेको छ ।क्याम्पसमा बर्दिबास घर वा माइती भएका र धनुषाको मिथिला नगरपालिका लालगढका छोरीबुहारीको संख्या उल्लेख्य छ । विभिन्न क्षेत्रमा कार्यरत र घरगृहस्थी गरिरहेका छोरीबुहारीहरु यहाँ क्याम्पस सञ्चालन भएपछि उच्च
इटहरी । एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्तीमा नाम निकाल्न सफल भएका दुई जना विद्यार्थीहरुलाई विश्व आर्दश कलेज इटहरीले एक कार्यक्रम विच सम्मान गरेको छ ।एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल प्रश्ना पराजुलीले छौठौ स्थान र अभिनाश सुबेदीले २१६ स्थान ल्याउन सफल विद्यार्थीलाई कलेजले सम्मान गरेको हो ।विश्वआर्दश कलेजले एक कार्यक्रमको आयोजना गरी एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल पराजुली र सुबेदी सहित अभिभावकलाई पनी सम्मान गरेको छ ।विश्व आदर्श कलेजमा अध्यारत प्रश्ना पराजुलीले नेपाल मेडिकल काउनसिलबाट लिएको एम.बिबि एस परिक्षामा नेपालम गे्
झापा । झापा जिल्लाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयमा एक शिक्षकद्वारा छात्रामाथि भएको निर्मम कुटपिटको घटना सार्वजनिक भएको छ। कक्षा ६ मा अध्ययनरत अन्जलि गुरुङलाई नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले कुटपिट गरेका हुन्। घटनाको कारण अन्जलिको कम्मरमाथि तीनवटा गहिरा घाउ बनेका छन्, जसको अहिले बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ।यो घटना त्यतिबेला भएको थियो जब कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। शिक्षक निरौलाले सबै विद्यार्थीलाई 'क्लास वर्क' गर्न भनेका थिए, तर अन्जलिले उक्त कार्य गर्न अस्वीकार गरिन्। जब शिक्षकले सोधेका थिए कि किन काम गरिनौ, उनले ‘आउ
इटहरी । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ। ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।बोर्डले गएको असार १३ गते सार्वजनिक गरेको एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए। नियमित परीक्षाको नत
इलाम । पछिल्लो समय शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका छन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका हुन् । इलामका एघार सय माथि शिक्षकले राजनीतिक दल त्यागेका छन् ।शिक्षा विकास तथा समन्वय इकाई इलाममा लिखित निवेदन दिएर उनीहरूले अबदेखि आफू कुनै पनि दलमा आबद्ध नगरेको घोषणा समेत गरेका हुन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार उनीहरूले आफू आबद्ध दल त्यागेको निवेदन दिएको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । इलाममा दुई हजार दुई सय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुई सय ५२ कार्यरत छन् ।