शिक्षा

    Showing २३१-२४० of ३१५ items.
  • सुकुना क्याम्पसमा २ लाख १ हजार रुपैयाँको स्मृति अक्षयकोष स्थापना

    मोरङको सुन्दरहरैँचा १२ निवासी स्वर्गीय दुर्गाप्रसाद ढकाल तथा स्वर्गीय छायाँदेवी ढकालको १२ औँ पुण्यतिथिको अवसरमा सुकुना बहुमुखी क्याम्पसमा रहने गरी “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष” स्थापना गरिएको छ ।ढकाल दम्पत्तिका छोरा–बुहारी गणेशप्रसाद ढकाल र श्रीमती शशी ढकाल तथा गोपाल ढकाल र श्रीमती योजना शर्मा ढकालले संयुक्त रूपमा रु. २ लाख १ हजार रुपैयाँको चेक सुकुना बहुमुखी क्याम्पस प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो । ढकाल दम्पत्तिका छोरा बुहारी “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष ” को संरक्षक रहेका छन् ।क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले उक्त कोषले उत्कृष्ट विद्यार्थी प्रोत्साहन,

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ४९० पटक पढिएको
  • प्रकृति संरक्षणमा नौ हजार सेना

    काठमाडौँ । नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिदैआएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिनुभयो ।     नेपाली सेनाका आठ वटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार ३३५ वटा सवारीसाधन र

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ४०३ पटक पढिएको
  • टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

    काठमाडौँ । कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ ।  सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गर्नुभएको हो ।     उपकुलपति प्राडा पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरिएको बताउनुभयो ।     त्यस अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सका

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ४४९ पटक पढिएको
  • इटहरीमा ‘महायुग’ उपन्यासको परिचर्चा

    इटहरी । इटहरीमा शनिबार सम्पन्न भएको एउटा कार्यक्रम अलिक भिन्न थियो–त्यहाँ हावा शब्दसँग खेल्दै थियो, र पुस्तकको सुगन्धले मनहरू उज्यालो बनाइरहेको थियो । स्त्री शक्ति र आत्मजागरणको स्वर बोकेको लेखिका सीमा आभासको उपन्यास ‘महायुग’को परिचर्चा ।सञ्चारिका समूह, सुनसरीको आयोजनामा भएको उक्त कार्यक्रम केवल पुस्तक विमोचनको औपचारिकता थिएन; त्यो त चेतना र सिर्जनाको संगमस्थल थियो । साहित्यकार मनु मञ्जील, टिका आत्रेय र अस्मिता विष्टले उपन्यासका पाना भित्रका आत्मस्वरहरू खोले–पात्रहरूका संघर्ष, समयको यथार्थ र भाषा भित्रको साहित्य उनीहरूले हृदयले पढे ।कार्यक्रमको सभापतित्व समूहकी अध्यक्ष रञ्जना पौडेलले गरेकी थिइ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ४८७ पटक पढिएको
  • हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले पाए उत्कृष्ट प्रिन्सिपल अवार्ड

    इटहरी ।  मोरङको सुन्दरहरैंचा–१० मा रहेको हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड पाएका छन् । हिजो मलेसियामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड प्रदान गरिएको हो । विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम सञ्चालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा आयोजित मलेसियाको क्वालालम्पुरको लिंकन युनिभर्सिटीबाट खनालले अवार्ड प्राप्त गरेका हुन् । कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, अमेरिका, बेलायत, भारत, बंगलादेशलगायत विभिन्न देशका विभिन्न क्षेत्रका ख्यातिप्राप्त वि

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ४२५ पटक पढिएको
  • त्रिविका २१ क्याम्पसको सम्पत्ति खोजबिन : समितिको प्रतिवेदन कार्यान्वयन हुँदै

    इटहरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ ।मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो । शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् ।गत पुस २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा खोजबिन समितिका सदस्य महेन्द्र

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ६२० पटक पढिएको
  • हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले पाउने भए अन्तर्राष्ट्रिय अवार्ड

    इटहरी । सुन्दरहरैंचा – १० मोरङको हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुहुने भएको छ ।खनाललाई आउट स्टेन्डिङ अवार्डद्वारा मलेसियामा आयोजना गरिने कार्यक्रममा सम्मान गरिने भएको हो । नेपाल, भारत, मलेसिया, फिलिपिन्स, अमेरिका बङ्गलादेश, बेलायतलगायत विभिन्न देशका व्यक्तिलाई सो अवार्ड दिने गरिएको आयोजकले जनाएको खनालले बताउनुभएको छ ।विभिन्न क्षेत्रका ख्यातिप्राप्त विद्यालय, संस्थाहरु र व्यक्तिहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको हो । गत ३ वर्षदेखि यो कार्यक्रम आयोजना हुँदै आएको बताइएको छ ।विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४२१ पटक पढिएको
  • शिक्षकलाई असोज १२ सम्म तलब नदिए प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

    इटहरी । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।शिक्षकले तलब नपाएको ब्यापक गुनासो आएपछि मन्त्री पुनले आइतबारसम्म तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् ।शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको स्पष्ट पारेका छन् ।उनले आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने बताएका छन्।मन्त्री पुनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ६७१ पटक पढिएको
  • सिटिइभिटीले शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन थाल्यो

    इटहरी । पाठ्यक्रम सुधार र सम्बन्धनको अन्योल अन्त्यलगायत विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दिएको आठ बुँदे निर्देशन कार्यान्वयनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले काम थालेको छ।परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले बिहीबार परिषद्लाई मौजुदा पाठ्यक्रममा सुधार गरी नवप्रवर्तन समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्नेलगायत लिखित निर्देशन दिए। निर्देशनमा एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशनको व्यवस्था गर्न भनिएको छ।यसैगरी सिटिइभिटीमा विद्यार्थी, अभिभावक र शिक्षकको गुनासो सुन्ने र प्राप्त ग

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ५३१ पटक पढिएको
  • प्याब्सनले दियो नगरपालिकालाई कम्प्युटर र प्रिन्टर

    इटहरी । जेन जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि सेवाप्रवाहमा कठिनाइ भोगिरहेको मोरङको सुन्दरहरैंचा नगरपालिकालाई प्याब्सन सुन्दरहरैंचाले ६ थान कम्प्युटर र ६ थान प्रिन्टर प्रदान गरेको छ ।नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैंचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा नगर अध्यक्ष केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका पूर्व अध्यक्ष अर्जुन बस्नेतलगायतको उपस्थिति थियो । प्याब्सनले सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ५०२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल