शिक्षा

    Showing २५१-२६० of ३१५ items.
  • स्ववियू जनता बहुमुखी क्याम्पसको नयाँ भवन उद्घाटन, मेयरसहित पाँच जना सम्मानित

    इटहरी — स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) जनता बहुमुखी क्याम्पसले बुधबार आफ्नो नयाँ भवन उद्घाटन गरेको छ। उद्घाटन समारोहमा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलसहित पाँच जना पूर्व स्ववियू सभापतिहरूलाई सम्मान गरिएको छ।भवन इटहरी उपमहानगरपालिका र क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको हो। नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको भवनमा हलसहित तीन कोठा रहेका छन्। उद्घाटन मेयर पौडेल र क्याम्पस अध्यक्ष विकास केसीले गर्नुभयो।मेयर पौडेलले विद्यार्थीलाई राजनीतिक संस्कार सुधार्ने जिम्मेवारीमा जोड दिनुभयो भने, सभापति सहदेव काफ्लेले नयाँ भवनले विद्यार्थीहरूको आवश्यकता र अधिकार अगाडि बढाउन सहयोग गर्ने

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ४५४ पटक पढिएको
  • शिक्षा विधेयक : तीन वटा दफा फालियो, १४ वटा थपियो , विद्यालय शिक्षा विधेयक ५ भदौमा पास गर्ने तयारी

    इटहरी डेस्क । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरूलाई दुई दिनको समय दिइएको छ ।समितिको आज (सोमबार) को बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई वितरण गर्दै दुई दिन अध्ययनको लागि समय दिइएको हो ।विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ ।सांसदहरूले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरूप कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि उक्त विषयमा समेत सहमति जुट्न सकेन ।

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ५१४ पटक पढिएको
  • वडाध्यक्षलाई पदकै लाेभ : अरुण गाउँपालिकामा वडाध्यक्ष थापा आफै बने विव्यस अध्यक्ष

    भोजपुर । अहिले जिम्मेवारी वहन गर्ने भन्दा पनि पद ओगट्ने प्रवृतिले कुनै पनि क्षेत्रमा नतिजा निस्किने काम नहुने गरेको गुनासो हुने गरेको छ । अरु त अरु भोजपुरको अरुण गाउँपालिकाका एक जनप्रतिनिधिमा पनि पदको भोक अति देखिएको स्थानीयले टिप्पणी गरेका छन् ।भोजपुरको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापा आफै नियम विपरित सामुदायिक विद्यालयको व्यवस्थापन अध्यक्षमा बनेका छन् । गत असारमा भएको विद्यालय व्यवस्थापन समितिको भेलामा सो वडाको एक मात्र प्रस्तावित सगरमाथा माध्यमिक विद्यालयको अध्यक्षमा थापा आफै चुनिएका हुन् ।यस विद्यालयले पछिल्लो एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर पालिकाको नै प्रथम विद्यालय ब

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ५८२ पटक पढिएको
  • माेरङकाे पूर्वाञ्चल विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस सिट

    इटहरी ।  मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजले एमबीबीएसमा विद्यार्थी भर्नाका लागि पहिलोपटक सरकारी सिट पाउने भएकाे छ ।   बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मकवानपुर संगैर पूर्वाञ्चल मेडिकल कलेजलाई एमबीबीएस पढाउन ५०/५० सिट दिने निर्णय गरेको हो।दुवैले अब ५०/५० जना विद्यार्थीलाई सरकारी अनुदानमा एमबीबीएस पढाउन पाउने छन्।आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बीएस्सी नर्सिङको सिट संख्या थप गर्ने निर्णय पनि गरेको छ।प्रतिष्ठानमा हाल नर्सिङका

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ४८३ पटक पढिएको
  • जनता माविले गर्याे कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

    इटहरी ।  इटहरीमा २०१३ विद्यालय खुलेर विभिन्न क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल जनता माध्यमिक विद्यालयले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ ।विद्यालयले यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । जनता माध्यमिक विद्यालयले मुलुकको शिक्षा, साहित्य, कला, राजनीति, निजामती, सेना, खेलकुद आदि क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल हुँदै आएको छ ।व्यवस्थापन, शिक्षा, विज्ञान तथा कानुन समुहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलको प्रमुख आतिथ्यतामा स्वागत गरिएको हो ।सो क्रममा विद्यालयका पूर्व वि

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ३९१ पटक पढिएको
  • नेतृत्व विकासको अभियानमा ऐतिहासिक पाइला : टंकीसिनवारी जेसीजद्वारा ‘भीम–अजिता वक्ता च्याम्पियनशिप’ हुने

    मोरङ -भविष्यका परिवर्तनकारी नेतृत्वहरूको पहिचान, प्रशिक्षण र सशक्तिकरण गर्ने उद्देश्यका साथ मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित टंकीसिनवारी जेसीजले एक ऐतिहासिक कार्यक्रमको घोषणा गरेको छ। टंकीसिनवारी जेसीजले ‘भीम–अजिता वक्ता च्याम्पियनशिप’ नामक राष्ट्रिय स्तरको वक्तृत्व प्रतियोगिता आगामी भाद्र २७ गते आयोजना गर्ने भएको हो।नेपाल पत्रकार महासंघ, मोरङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा टंकीसिनवारी जेसीजका अध्यक्ष जेसी अनिश भट्टराईले कार्यक्रममा नेतृत्व, अभिव्यक्ति र सामाजिक चेतनाको समुचित संगम गराउने उद्देश्य राखिएको जानकारी दिए। अध्यक्ष भट्टराईका अनुसार नेतृत्व उत्पादन गर्ने विद्यालयको रूपमा परिचित

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ८३१ पटक पढिएको
  • इटहरीमा प्रेस स्वतन्त्रताको पक्षमा सभाः प्रेसमाथिको हस्तक्षेपप्रति विरोध

    इटहरी - नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा आइतबार साँझ इटहरीको संगीत चोकमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा सम्पन्न भयो।सञ्चारकर्मी, नागरिक समाज, शिक्षासेवी, साहित्यकार, कलाकार, मानव अधिकारकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता राज्यले सुनिश्चित गर्नुपर्ने भन्दै हाल भइरहेका हस्तक्षेपप्रति आपत्ति जनाइएको थियो।कार्यक्रममा पत्रकारितामाथि भइरहेको दमन, धम्की र हस्तक्षेपको विरोध गर्दै स्वतन्त्र र जिम्मेवार पत्रकारिताको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको भनिएको थियो। संविधानले प

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ६६७ पटक पढिएको
  • ओम शिवम पाइपद्वारा प्लम्बर लक्षित प्राविधिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    विराटनगर — पाइप तथा फिटिङ्ग सामग्री उत्पादनमा अग्रणी ओम शिवम पाइप र फिटिङ्ग कम्पनीले विराटनगर–५ गणेशचोकमा प्लम्बर तथा प्राविधिकहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा कम्पनीका प्रतिनिधि भबिन कट्वालले CPVC तथा PVC पाइपका गुणस्तर, प्रयोग र फाइदाबारे जानकारी दिँदै ओम शिवम ब्रान्डअन्तर्गत उत्पादन हुने पाइपहरू NS Mark प्राप्त, जंग नलाग्ने, उच्च तापमान तथा दवाव सहन सक्ने, इको–फ्रेन्डली, टिकाउ र पुनःप्रयोगयोग्य रहेको बताए।जिन्दाल हाडवेयर, विराटनगरको संयोजनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले यस्तो कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। कम्पनीले भविष्यमा अझ प्रविधिमैत्री तथा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ६६४ पटक पढिएको
  • सरकारलाई शिक्षकहरूको ‘अल्टिमेटम’,विगतको भन्दा सशक्त आन्दोलनको चेतावनी

    इटहरी । नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ ।आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । महासंघले आन्दोलनको स्वरुप र कार्यक्रमहरु पछि सार्वजनिक गरिने जनाएको छ ।गत वैशाख १७ गतेको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै महासंघले विधेयक पारितका लागि अल्टिमेटम दिएको हो ।पत्रकार सम्मेलनमा शिक्षक प्रतिनिधिहरुले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धताबाट सरकार आफैं पछि हटेको र समय सीमा सकिएको दुई सातासम

    • प्रकाशित मितिः साउन २, २०८२
    • ५६८ पटक पढिएको
  • लेडिज सर्कल ५ ले सिद्धकाली विद्यालयमा २ कक्षा कोठा, जुत्ता र खाजा हस्तान्तरण

    बिराटनगर , साउन १ गते।सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटनगर लेडिज सर्कल ५ (BRTLC 5) ले श्री सिद्धकाली आधारभूत विद्यालयमा विद्यालयका २ वटा कक्षा कोठा हरु  जीर्णोद्धा निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ। साथै विद्यार्थीहरूलाई जुत्ता र पौष्टिक खाजाको वितरणसमेत गरिएको उक्त कार्यक्रम MEGA PROJECT अन्तर्गत साउन १ गते (१७ जुलाई २०२५) विद्यालय परिसरमै सम्पन्न भएको हो।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापालाई कक्षा कोठा हस्तान्तरण गरियो। विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ खाजा तथा जुत्ता वितरण गरिएको

    • प्रकाशित मितिः साउन १, २०८२
    • ४९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल