इटहरी — स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) जनता बहुमुखी क्याम्पसले बुधबार आफ्नो नयाँ भवन उद्घाटन गरेको छ। उद्घाटन समारोहमा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलसहित पाँच जना पूर्व स्ववियू सभापतिहरूलाई सम्मान गरिएको छ।

भवन इटहरी उपमहानगरपालिका र क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको हो। नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको भवनमा हलसहित तीन कोठा रहेका छन्। उद्घाटन मेयर पौडेल र क्याम्पस अध्यक्ष विकास केसीले गर्नुभयो।IMG-20250820-WA0002

मेयर पौडेलले विद्यार्थीलाई राजनीतिक संस्कार सुधार्ने जिम्मेवारीमा जोड दिनुभयो भने, सभापति सहदेव काफ्लेले नयाँ भवनले विद्यार्थीहरूको आवश्यकता र अधिकार अगाडि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा क्याम्पस प्रमुख, निजी शिक्षालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी र समाजसेवीहरूको उपस्थिती रहेको थियो।