शिक्षा

    Showing २९१-३०० of ३१५ items.
  • आजदेखि एसईईको ग्रेड वृद्धि परीक्षा : २ लाख १० हजार विद्यार्थी सहभागी हुँदै

    इटहरी । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ। ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।बोर्डले गएको असार १३ गते सार्वजनिक गरेको एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए। नियमित परीक्षाको नत

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ५०४ पटक पढिएको
  • इलाममा ११ सय शिक्षकले त्यागे पार्टीको सदस्यता

    इलाम । पछिल्लो समय शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका छन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका हुन् । इलामका एघार सय माथि शिक्षकले राजनीतिक दल त्यागेका छन् ।शिक्षा विकास तथा समन्वय इकाई इलाममा लिखित निवेदन दिएर उनीहरूले अबदेखि आफू कुनै पनि दलमा आबद्ध नगरेको घोषणा समेत गरेका हुन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार उनीहरूले आफू आबद्ध दल त्यागेको निवेदन दिएको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । इलाममा दुई हजार दुई सय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुई सय ५२ कार्यरत छन् ।

    • प्रकाशित मितिः असार ११, २०८१
    • ५४८ पटक पढिएको
  • शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

    काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन् ।संविधानअनुसार शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिकालाई अस्वीकार गर्दै उनीहरूले सो विषय संसद्बाट संशोधन हुनुपर्ने प्रमुख माग राखेका छन् ।संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शि

    • प्रकाशित मितिः असोज ४, २०८०
    • ३७४ पटक पढिएको
  • एसईई हट्यो, बोर्डको परीक्षा १२ कक्षामा मात्रै

    काठमाडौँ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ । प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ । आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र सम

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ४८१ पटक पढिएको
  • १२ कक्षाको नतिजा आज प्रकाशन हुँदै

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा  आज (मंगलबार) साँझसम्म प्रकाशन गर्ने भएको छ । गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो । यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।  

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • ३४९ पटक पढिएको
  • डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ । डे

    • प्रकाशित मितिः साउन १७, २०८०
    • २५२ पटक पढिएको
  • कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

    काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ।नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ।यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १२७ पटक पढिएको
  • सैद्धान्तिक परिक्षामा पास विद्यार्थीलाई प्रयोगात्मकमा फेल गराएपछि !

    विराटनगर । क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउने तीन जना विद्यार्थीलाई विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसले प्रयोगात्मक परिक्षामा फेल गराइदिएको छ । क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले फेल गराएको हो। विद्यार्थीहरु रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षाअन्तर्गत सैद्धान्तिकतर्फ पास भएका उनीहरुले प्रयोगात्मकमा न्युन अंक पाएपछि पत्रकार सम्मेलन गरेर असन्तुष्टी जनाएका छन् । केही समयअघि क्याम्पस प्रमुखले अपशब्द बोलेको विषयमा आफूहरुले प्रतिरोध गरेपछि रिसइबी साँधेको

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १५६ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तीका लागि परिक्षा लिने

    इटहरी । इटहरी उपमहानगरपालिकाले कक्षा ११ मा परिक्षा लिएर छात्रवृत्ती दिने भएको छ । त्यसको लागि साउन २२ गते परीक्षाको मिति तोकिएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने अधिकृत फाल्गुनीप्रसाद काफ्लेले जानकारी दिएका छन् ।उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार साउन १ गतेदेखि साउन १५ गतेसम्म आवेदन खुल्ला रहने छ । शैक्षिक सत्र ०८०÷८१ का लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति दिइनेछ ।

    • प्रकाशित मितिः असार २९, २०८०
    • १९५ पटक पढिएको
  • विद्यार्थी मृत्युपछि बन्द गराइयो सेकेण्डरी स्कुलको होस्टल

    इटहरी । सुतेकै ठाउँमा विद्यार्थीको रहस्यमय तरिकाले मृत्यु भएको इटहरीको सेकेण्डरी बोर्डिंग स्कुलको होस्टल उपमहानगरपालिकाले बन्द गराएको छ । अनुसन्धान भइरहेको र निर्धारित मापदण्डहरु पुरा नभएको भन्दै होस्टल बन्द गराएको हो । उक्त विद्यालयले होस्टेल चलाउनको लागि अनुमतिसमेत नलिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उनले होस्टेलको मापदण्ड र लिइरहेको शुल्कका विषयमा धेरै गुनासाहरु आइरहेकोले सो विषयमासमेत अनुसन्धान गर्ने बताएका छन् ।यस्तै मेयर पौडेलसहितको टोलीले होस्टेल सञ्चालन गरिरहेका इटहरीको पिसजोन आवसीय माध्यमिक विद्यलय, ग्रीनपिस एकेडमी, मोडन प्रिपेटरीलगायतका स्कुलहरुकोसमेत अनुगमन गरेको छ ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • १९५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल