शिक्षा

    Showing ८१-९० of २९४ items.
  • विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलाल सम्मानित

    इटहरीः खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलाल सम्मानित हुनुभएको छ ।बुधबार कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा अयोजना गरेको कार्यक्रममा दुलाललाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।सम्मानपत्रमा विगत लामो समयदेखि निजी क्षेत्रमा आबद्ध रही कोशी प्रदेशको खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रदेश सरकारका तर्फबाट सम्मान गरिएको उल्लेख छ ।कार्यक्रममा पत्रकारितामार्फत् खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका सुनसरी

    • प्रकाशित मितिः असार २७, २०८३
    • २०९ पटक पढिएको
  • सुकुनाकी जीविका सापकोटा काठमाडौंमा सम्मानित, पब्लिक क्याम्पस संघको वार्षिकोत्सवमा क्याम्पसलाई राष्ट्रिय गौरव प्रदान

    विराटचोकः नेपाल पब्लिक क्याम्पस संघको ३६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पस सम्मानित भएको छ । कार्यक्रममा स्नातक तहमा पब्लिक क्याम्पसतर्फ शिक्षा शास्त्र सङ्कायमा उत्कृष्ट नतिजा ल्याउने सुकुनाकी जीविका सापकोटालाई पनि सम्मान गरिएको थियो ।सुकुना बहुमुखी क्याम्पसकी छात्रा जीविका सापकोटाले सन् २०२४ को स्नातक तह शिक्षा शास्त्र सङ्कायअन्तर्गत सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट अंकसहित प्रथम स्थान हासिल गर्नुभएको थियो । सापकोटालाई वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालगायतले सम्मान गर्नुभएक

    • प्रकाशित मितिः असार २७, २०८३
    • १९९ पटक पढिएको
  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    इटहरी ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।बोर्डका अनुसार एसईई पूरक परीक्षा असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो । यसअघि सम्पन्न एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी ननग्रेडिङ (एनजी) मा परेका थिए । ती परीक्षार्थीलाई लक्षित गरी पूरक परीक्षा सञ्चालन गरिएको थियो ।

    • प्रकाशित मितिः असार २३, २०८३
    • १८० पटक पढिएको
  • सुन्दरहरैंचामा ‘छात्रासँग उपप्रमुख’ कार्यक्रम सम्पन्न

    विराटचोक।  सुन्दरहरैंचा नगरपालिकाका कक्षा ७ देखि १० सम्मका विद्यार्थीसँग अन्तरक्रिया गर्दै छात्रासँग उपमेयर कार्यक्रम सम्पन्न भएको छ ।विद्यार्थीलाई स्थानीय सरकारसँग प्रत्यक्ष जोड्दै नेतृत्व विकास, नागरिक चेतना र उत्तरदायित्वबोध अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र छात्राहरूले भोग्न सक्ने हिंसा र दुव्र्यवहारविरुद्ध सचेतना फैलाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले कार्यक्रम गरेको उपप्रमुख अकली चौधरी बताउनुहुन्छ ।कार्यक्रममा उपप्रमुख चौधरीले विद्यार्थीसँग खुला संवाद गर्दै गुणस्तरीय शिक्षा, अनुशासन, नेतृत्व विकास, स्थानीय सरकारको दायित्व तथा जिम्मेवार नागरिकको भूमिकाबारे प्रेरणादायी धा

    • प्रकाशित मितिः असार २०, २०८३
    • १८० पटक पढिएको
  • धान दिवसमा सुविजीमुर बाल क्लबद्वारा सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना

    विराटचोकः मोरङको सुन्दरहरैंचाको विराटचोकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयमा राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रम भएको छ । सुविजीमुर बाल क्लबले समूहगत सांस्कृतिक नृत्य प्रतियोगिता–२०८३ आयोजना गरेको थियो ।सो प्रतियोगितामा विद्यालयका विभिन्न समूहका विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति, कृषि परम्परा तथा राष्ट्रिय पहिचान झल्कने आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द कार्कीले विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै संस्कार, संस्कृति र व्यावहारिक शिक्षामा जोड दिँदै आएको बताउनुभयो ।उहाँले राष्ट्रिय पर्व तथ

    • प्रकाशित मितिः असार १८, २०८३
    • १७२ पटक पढिएको
  • सुन्दरहरैंचा प्याब्सनले गरेको वक्तृत्वकलामा ज्ञानज्योतिका अस्मिन पहिलो, क्वेष्टकी दिप्सना दोस्रो

    विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा भएको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योति इङ्लिस स्कुलका अस्मिन पराजुली पहिलो हुनुभएको छ ।प्रतियोगितामा क्वेष्ट सेकेन्डरी स्कुलकी दिप्सना राउत दोस्रो तथा सुविजीमुर मेमोरियल सेकेण्डरी स्कुलका समीप कटवाल तेस्रो हुनुभएको छ । सिद्धार्थ सेकेन्डरी स्कुलकी आराध्या न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।नगरभित्रका २० विद्यालयका विद्यार्थी सहभागी रहेको प्रतियोगितामा विद्यार्थीहरूले गोलाप्रथामार्फत् विषय छनोट गरी वक्तृत्व प्रस्तुत गरेका थिए ।प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी त

    • प्रकाशित मितिः असार १७, २०८३
    • २३१ पटक पढिएको
  • केराबारीका छात्रालाई आत्मरक्षा सीपः चार विद्यालयका किशोरी लक्षित तालिम सम्पन्न

    केराबारीः ऊर्जा सामुदायिक विकासको आयोजनामा तथा केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा मोरङको केराबारी गाउँपालिकाभित्र रहेका चार वटा सामुदायिक विद्यालयका छात्राहरूलाई लक्षित गरी आत्मरक्षा तालिम सम्पन्न भएको छ ।केराबारीस्थित सार्वजनिक माध्यमिक विद्यालय, सावित्री माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र बुद्ध माध्यमिक विद्यालयमा सञ्चालन गरिएको तालिममा छात्राहरूलाई आत्मविश्वास अभिवृद्धिसँगै सम्भावित हिंसा तथा जोखिमपूर्ण परिस्थितिबाट आफूलाई सुरक्षित राख्ने विभिन्न व्यावहारिक सीप प्रदान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि तथा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले किशोरी सशक्तीकरणका लागि य

    • प्रकाशित मितिः असार ४, २०८३
    • २२९ पटक पढिएको
  • अन्तर्राष्ट्रिय कराते च्याम्पियन सयल थापालाई शिक्षा सन्देश इङ्लिस स्कुलद्वारा सम्मान

    बेलबारीः अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै उपाधि जित्न सफल शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारीका विद्यार्थी सयल थापालाई विद्यालयले सम्मान गरेको छ ।सो स्कुलमा कक्षा ९ मा अध्ययनरत थापाले हालै सम्पन्न ‘मेयर कप २०२६ नेपाल, १२ औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप’ मा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल हुनुभएको थियो थापाले उपाधिसँगै नगद ८१ हजार रुपैयाँ पुरस्कार जित्नुभएको थियो ।झापाको मेचीनगरस्थित काँकरभिट्टामा आयोजित उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो ।प्रतियोगिता नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, भुटान,

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २५२ पटक पढिएको
  • सुकुनामा शैक्षिक संस्था र उद्योगबीचको सहकार्य विषयक संवाद कार्यक्रम सम्पन्न

    विराटचोकः क्युएए प्रमाणपत्र प्राप्त मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्यः सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक दुई दिवसीय शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ ।विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता प्रवद्र्धन तथा बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्य

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २२५ पटक पढिएको
  • केराबारीमा विद्यालयका छात्राका लागि आत्मरक्षा तालिम शुरु

    केराबारीः मोरङको केराबारी गाउँपालिकाका ४ वटा विद्यालयमा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षा तालिम शुरु भएको छ ।ऊर्जा सामुदायिक विकासको आयोजनामा शुरु भएको तालिमको पालिका उपाध्यक्ष मनमाया मगरले हिजो सार्वजनिक मावि केराबारीमा उद्घाटन गर्नुभयो ।कार्यक्रमलाई उद्घाटन गर्दै मगरले पछिल्लो समय किशोरीहरु यौनजन्य हिंसा तथा दुर्व्यवहारमा पर्ने गरेकाले आत्मरक्षाका थोरै भए पनि जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।महिला तथा बालबालिका शाखामार्फत् विनियोजित बजेटअन्तर्गत रहेर कार्यक्रम शुरु गरिएको जनाउँदै यो कार्यक्रम प्रभावकारी भएमा आगामी आर्थिक वर्षमा थप बजेटसहित समावेश गरिने उहाँक

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १८८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल