स्वास्थ्य

    Showing १११-१२० of १८९ items.
  • ओखलढुङ्गामा हीराले पाइन एकै पटकमा ३ शिशु गाउँपालिकाले दियाे ५० हजार सहयोग

    ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले रु ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो। उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले जानकारी दिए।‘नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भनेर गाउँपालिकाले सहयोग गरेको हो’ उनले भने। गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर

    • प्रकाशित मितिः असार ६, २०८२
    • ५८५ पटक पढिएको
  • ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

    इटहरी डेस्क । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा  भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए ।बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।फेसबुकमा के लेखेका थिए ?जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका

    • प्रकाशित मितिः असार २, २०८२
    • ५७० पटक पढिएको
  • ‘अलविदा’ लेख्दै डाक्टर सम्पर्कबिहीन , खोजीमा जुट्याे प्रहरी

    रामेछाप । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ। प्रहरीको साइबर व्यूरो प्रमुख डीआइजी नविन्द अर्यालले सूचना पाईसकेपछि लोकेसन खोजी कार्य जारी राखेको जानकारी दिए।रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर  मोवाइल बन्द गरेको पाईएको थियो। उनले करिब २ घण्टाअघि फेसबुकमा सबै जनालाई अलविदा मलाई माफ गरिदिनु भन्दै लेखेका छन्। १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन्।झुटो आरोप लगा

    • प्रकाशित मितिः असार २, २०८२
    • ४३२ पटक पढिएको
  • कसरी चिन्ने केमिकल हाले–नहालेको आँप ?

    इटहरी । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यस कारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ।मानिसहरू यसलाई विभिन्न तरिकामा खान मन पराउँछन्। यो रसदार स्लाइसहरू खान सकिन्छ भने, स्मूदीहरूमा मिसाएर वा स्वादिष्ट मिठाईहरूमा राखेर पनि यो खान सकिन्, जुस पनि बनाउन सकिन्छ। आँपले वर्षको सबैभन्दा तातो महिनाहरूमा मिठास प्रदान गर्दछ। कतिपय आँप मीठो र रसिला हुने भए पनि केमिकलले पकाइएका आँपहरू निराशाजनक रूपमा स्वादहीन हुन सक्छन्। यस्तो अवस्थामा केमिकलले पकाएको आँपलाई केही सजिलो तरिकाले पत्ता लगाउन सक्नु हुन्छ । जो हामी बताउने

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ४१४ पटक पढिएको
  • नेपालमा काेराेना : एक सातामा ५ जनामा संक्रमण, सकृीय संक्रमीतकाे संख्या १६ पुग्याे

    इटहरी डेस्क ।  पछिल्लो एक सातामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार पछिल्लो एकसातामा ५ जनामा संक्रमण पुष्टि भएको हो ।‘ज्वरो लगायतका लक्षण लिएर आएका बिरामीको परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको छ,’ उनले भने, ‘तर उनीहरू भर्ना हुनुपर्ने खालका संक्रमित छैनन् ।’चिकित्सकका अनुसार ती बिरामीलाई घरमा छुट्टै आइसोलेनमा बस्नुपर्ने सुझाव सहित पठाइएको छ ।तर एक जना संक्रमितलाई भने क्याबिनमा भर्ना गरिएको छ । ‘काठमाडौंको एक निजी अस्पतालबाट चार दिन अघि रेफर हुनुभएको थियो

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ४४५ पटक पढिएको
  • सुनसरी सहित ७२ जिल्लामा फैलियो डेङ्गी, कुन जिल्लामा कति छन संक्रमित ? सुचीसहित

    इटहरी डेस्क । मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ।सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालल

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ४७८ पटक पढिएको
  • संघीय अस्पतालमा दुई हजार बढी जनशक्ति थप्ने मन्त्रालयको तयारी

    इटहरी डेस्क । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्ति थप गर्नेगरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए ।यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ ।पाँच वर्षसम्म हरेक वर्ष गर्नेगरी तयार पारिएको यसपालिको संगठन संरचनामा देशक

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ४७५ पटक पढिएको
  • बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

    चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो। बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो। भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’ मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए।उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गर

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ५०८ पटक पढिएको
  • भारतबाट फर्किनेमा धमाधम देखिँदै कोरोना संक्रमण

    बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए । उनले भने, ‘शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, संक्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ।’यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा संक

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ४२६ पटक पढिएको
  • भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

    एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मानिसको मृत्यु हुने क्रम जारी छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप २ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। बुधबार महाराष्ट्रको ठाणेमा बुधबार कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई मे २५ तारिख अस्पताल भर्ना गरिएको थियो। उनलाई उच्च रक्तचाप र मधुमेह थियो भने उनले कोरोनाविरुद्धको खोप पनि लिएका थिएनन्।यस्तै बुधबार चण्डीगढमा पनि कोरोना उपचारका क्रममा उत्तर प्रदेशका ४० वर्षीय पुरुषको मृत्यु भएको छ। उनी पन्जाबको लुधियानामा काम गर्थे। सास फेर्न गाह्रो भएपछि उनलाई चण्डीगढ रेफर गरिएको थि

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • ५१४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल