स्वास्थ्य

    Showing ३१-४० of १८९ items.
  • बीपी प्रतिष्ठानमा पहिलोपटक महिला नेतृत्व, को हुन् उपकुलपति नियुक्त डा. स्मृति कार्की

    धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इतिहासमा पहिलो पटक महिला उपकुलपति नियुक्त हुनुभएको छ । सरकारले हिजो प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्कीलाई नियुक्त गरेको हो ।प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिशका आधारमा विराटनगर माइती र झापा घर भएकी डा. कार्कीलाई उपकुलपति नियुक्त गर्नुभएको हो ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी अध्ययन पूरा गरी सोही संस्थाको प्याथोलोजी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा लामो समय काम गरेकी कार्कीले प्रतिष्ठानको कार्यकारी समिति सदस्यको जिम्मेवारीसमेत निर्वाह गरेको अनुभव छ

    • प्रकाशित मितिः असार २६, २०८३
    • १५३ पटक पढिएको
  • ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

    इटहरी ।  सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरेको छ । सिफारिश समितिले गरेको सिफारिशअनुसार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गर्नुभएको हो ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त हुनुभएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त हुनुभएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आचार्य न्याम्सको क्यान्सर विभाग प्रमुख हुनुहुन्थ्यो ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान नियुक्त हुनुभएको छ

    • प्रकाशित मितिः असार २५, २०८३
    • १२५ पटक पढिएको
  • मनाइयो विश्व रक्तदाता दिवस

    इटहरी ।  आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ ।सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क र स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सुरक्षित रगतको आपूर्ति सुधारतर्फ विश्वव्यापी रूपमा उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ । डब्ल्युएचओले १३२ देशबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत सङ्कलन करिब १९ प्रत

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २९७ पटक पढिएको
  • सांसद अशोककुमार चौधरीद्वारा इटहरीको शिक्षा र अस्पताल विवादमा छानबिन गर्न माग

    इटहरीः सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर ३ का सांसद अशोककुमार चौधरीले इटहरीसँग सम्बन्धित शिक्षा र स्वास्थ्य क्षेत्रका दुई संवेदनशील विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।शिक्षा ऐन, २०२८ को दफा १२ (१) (ग) अन्तर्गत अध्यादेशमार्फत् विद्यालय व्यवस्थापन समितिमा मनोनयन गर्ने व्यवस्था खारेज गरिसकेको अवस्थामा पनि इटहरीको जनता माध्यमिक विद्यालयसहित विभिन्न सामुदायिक विद्यालयमा गरिएको अस्थायी मनोनयन आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै शिक्षा समितिबाट दलगत भागबण्डाका आधारमा गरिएको मनोनयनले स्थानीय तहप्रतिको जनविश्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १७३ पटक पढिएको
  • एनएमबी बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा विशेष छुट हुने

    काठमाडौंः एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतस्थित मेदान्त अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ ।बैंकका ग्राहकहरूले मेदान्त अस्पतालका विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ । आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुने जनाइएको छ ।ग्राहकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २३७ पटक पढिएको
  • इबोलका कारण कंगोमा ८० जनाको ज्यान गएपछि विश्व स्वास्थ्य सङ्गठनद्वारा अन्तर्राष्ट्रिय सङ्कटकाल घोषणा

    इटहरी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि र सीमापार असर देखिन थालेपछि डब्लुएचओले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।बीबीसीका अनुसार हालसम्म करिब २४६ जनामा संक्रमण भएको आशंका गरिएको छ भने कम्तीमा ८० जनाको मृत्यु भइसकेको रिपोर्ट सार्वजनिक भएको छ ।डब्लुएचओले यो अवस्था अझै विश्वव्यापी महामारीको मापदण्डमा नपुगेको स्पष्ट पारेको छ । संगठनका अधिकारीहरूले प्रकोप गम्भीर भए पनि नियन्त्रणबाहिर नप

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ३७१ पटक पढिएको
  • मृतक महिलाको कानबाट मुन्द्री हराएपछि ग्रीनक्रस हस्पिटलले तिर्याे १ तोला सुनको दाम

    विराटनगरः विराटनगरस्थित रंगेली रोडमा रहेको ग्रीनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाटै सुनका मुन्द्री चोरी भएपछि अस्पतालले एक तोला सुनको मूल्य क्षतिपूर्तिबापत पीडित परिवारलाई दिएको छ ।उदयपुरको त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको आज मृत्यु भएलगत्तै उनले लगाएको एक तोला सुनको मुन्द्री अस्पतालको शय्याबाटै गायब भएको थियो । सबिनालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाटबाट नोबेल मेडिकल कलेज विराटनगर रेफर गरिएको थियो । तर, एम्बुलेन्स चालकले उनलाई ग्रीनक्रस हस्पिटल पुर्याएका थिए । आज बिहान उपचारकै क्रममा सबिनाको मृत्यु भएको थियो ।अस्पताल ल्याउँदा र उपचारका क्रममा सबिनाक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २६० पटक पढिएको
  • आज विश्व उच्च रक्तचाप दिवस

    इटहरी ।  आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाइन्छ । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्स

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २२१ पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस

    इटहरी ।  आज विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमका गरी मनाइँदै छ ।आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । उनको जन्मदिनको अवसर पारेर यो दिवस मनाइन्छ । समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेशाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।विश्व स्वास्थ्य सङ्गठनले सेवा र समर्पणको प्रतीक मानिने नर्सहरूको सम्मान गर्न यो दिनलाई विश्व नर्स दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्त

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २३८ पटक पढिएको
  • नेपाल परिवार नियोजन सङ्घको सुनसरी शाखा ठहरियो नेपालकै उत्कृष्ट शाखा

    धरानः सबैभन्दा बढी सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरेको आधारमा नेपाल परिवार नियोजन सङ्घ सुनसरी शाखा नेपालकै उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको छ ।काठमाडौंमा भएको संघको ४३ औँ केन्द्रीय सभामा सुनसरी शाखालाई नेपालभरिका शाखामध्ये उत्कृष्ट शाखाका रूपमा प्रशंसा–पत्रसहित सम्मान गरिएको हो । संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्रबहादुर श्रेष्ठले शाखा सभापति निर्मला अधिकारीलाई प्रशंसा पत्र सम्मान गरेका थिए ।परिवार स्वास्थ्य केन्द्रमार्फत् स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको तथा कोभिड–१९ को कठिन समयमा समेत निरन्तर सेवा प्रवाह गरेकोमा शाखा कार्यालयका स्वास्थ्यकर्मी कर्मचारीहरूको उच्

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल