गोठगाउँः अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैंचाले आज सुन्दरहरैंचा–७ गोठगाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको रास्वपा सुन्दरहरैंचा नगर समिति सभापति टेकमणि न्यौपाने (विवेक) ले जानकारी दिनुभयो ।
अस्पतालमा रगतको अभाव रहेको अवस्थालाई बुझेर रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।


















