विराटनगर-बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। मिति २०८२ पौष ३ गते बिहीबार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रमबीच दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।सम्झौता पत्रमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सुनिल देवले हस्ताक्षर गर्नुभयो। त्यस्तै, पारस मल्टिस्पेशालिटी हस्पिटलका तर्फबाट अध्यक्ष डा. सफिउर रहमान, सीईओ हेम नारायण मेहता तथा हस्पिटल म्यानेजर मो. सिफ्तैन रेजा अन्सारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको ह
विराटनगर, मोरङ। न्यूरो अस्पतालले आफनु स्थापनाको रजत जयन्ती दिवसका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही क्रममा भारतको हरियाणा, फरीदाबादस्थित अमृता अस्पतालसँगको सहकार्यमा विराटनगरमा निःशुल्क स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श कार्यक्रम सम्पन्न गरिएको छ।भारतकै सबैभन्दा ठूलो सरकारी अस्पतालहरूमध्ये एक मानिने अमृता अस्पतालमा २,६०० शैय्यासहित अत्याधुनिक ICU, CCU तथा उच्चस्तरीय सेवा उपलब्ध छन्। विश्वप्रसिद्ध आध्यात्मिक नेतृ श्री माता अमृतानन्दमयी देवी (अम्मा) द्वारा स्थापना तथा सञ्चालनमा रहेको यो अस्पतालसँगको सहकार्यपछि प्रदेशका स्वास्थ्यकर्मीलाई पन
गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँको प्राविधिक सहयोगमा मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ ।शिविरमा कक्षा ५ सम्मका ३०० भन्दा बढी विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले जानकारी दिए।शिविरमा दाँत तथा आँखाको परीक्षण गरिनुका साथै विद्यार्थीको तौल, उचाइ जाँच गरिएको थियो । मौसमी रुघाखोकीलगायतको सामान्य परीक्षण गरी आवश्यक केही औषधी सम्बन्धित बालबालिकालाई निःशुल्क वितरण गरिएको शिक्षक अम्बिकाप्रसाद सापकोटाले जानकारी दिए ।विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि १५ जना
विराटनगर। विराटनगर महानगरपालिका–७, अस्पताल चौकमा अत्याधुनिक पूर्वाधारसहित निर्माण गरिएको प्राइम अस्पताल आइतबारबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलको नेतृत्वमा २५ बेड क्षमताको अस्पताल पूर्व गोल्डेन अस्पताल रहेको पाँचतले भवनमै आधुनिक संरचना तथा प्रविधिक प्रणालीसहित पुनः सञ्चालनमा ल्याइएको हो।आइतबार आयोजित उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, कार्यरत चिकित्सक तथा चिकित्सकका आमा हरु र अभिभावकले संयुक्त रूपमा रिबन काटेर अस्पताल उद्घाटन गरेका थिए। उद्योगी नरेश राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाललगायत उ
गछियाः छैटौँ स्थापना दिवसको अवसर पारेर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा २८ पिण्ट रगत सङ्कलन भएको छ ।संस्थाको कार्यालयमा हिजो भएको रक्तदानमा शेयर सदस्य, कर्मचारी, स्थानीयलगायतले रक्तदान गरेको संस्थाका व्यवस्थापक गोपाल देउजाले बताए ।संस्था सञ्चालक समिति सचिव अर्जुनकुमार तिम्सिनाका अनुसार रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङले प्राविधिक सहयोग गरेको थियो ।
भरतपुर । चितवन मेडिकल कलेजमा नेपालमा नै पहिलो पटक आयोजना गरिएको रोबोटिक सर्जरी गोष्ठीमा संलग्न भएका चिकित्सकहरुले कलेजको शल्यक्रिया थिएटरमा रोबोर्टिक प्रविधिबाट गरिएको शल्यक्रिया कन्फ्रेन्स हलमा बसेर उत्सुकतापूर्वक प्रत्यक्ष रुपमा हेरेका छन् ।क्यान्सर अस्पतालका पूर्वअध्यक्ष एवम् वरिष्ठ युरोलोजिष्ट डा. निर्मल लामिछानेका अनुसार बरामीहरूका लागि रोबोटिक शल्यक्रिया निकै फाइदाजनक हुन्छ । विशेष गरी रोबोर्टिक सर्जरी प्रोस्टेटको क्यान्सरको उपचारमा बढी लाभदायक हुने बताइएको छ ।मिर्गौलाको नली साँघुरो भएका एक बिरामीको रोबोर्टिक प्रविधिको सहायताबाट शल्यक्रिया गरिएको प्रत्यक्ष देखाइएको थियो । रोबोटको सह
विराटनगरः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिलकुमार शर्मा र निर्देशक इन्दिरा बरालले संयुक्त रूपमा नोबेल अस्पतालमा अनुसन्धान इकाईको उद्घाटन गरेका छन् । नोबेलका बोर्ड सल्लाहकार सोइना शर्मा, सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न विभागका फ्याकल्टी सदस्यहरु, अनुसन्धान इकाईका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थितिमा इकाइको उद्घाटन भएको हो ।कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा.डा. गेहनाथ बरालले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य उपचारको क्षेत्रमा एक उचाई प्राप्त गरिसकेको र त्यससंगै स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको औँल्याउ
विराटनगर -छठ पर्वका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीले सोमबार विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।हरेक वर्षझैं यस वर्ष पनि व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको भीडलाई ध्यानमा राखी उक्त शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ।कार्यक्रमको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष बाहेती, कार्यकारी समिति, सल्लाहकारहरू तथा पदेन प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।शिविरमा व्रतधारी भक्तजनका लागि रक्तचाप, रक्तमा सुगर (ग्लुकोज) परीक्षण तथा प
काठमाडौँ । प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ ।काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्तमहाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक देवकोटाका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी
काठमाडौँ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरूले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री कार्की स्वास्थ्यमन्त्री पनि हुनुहुन्छ ।समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भई रहेको मन्