काठमाडौंः निर्वाचनको पूर्वसन्ध्यामा बुधबार नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् ।

उनी सिंगापुर एयरलाइन्समार्फत् बुधबार राति प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ । उहाँको अकास्मात उपचारका लागि जानुपरेको सचिवालयले जनाएको छ ।

फागुन १९ गते फर्कने गरी सिंगापुरमा देउवा र उनका स्वकीय सचिव भानु देउवा मात्रै गएका छन् ।