काठमाडौं । चलचित्र छायांकार विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । 

पाण्डेको आज (बुधबार) बिहान गंगालाल अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।

उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाटमा राखिएको छ । अन्तिम श्रद्धान्जलीका लागि हाल आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित रहेको प्राविधिक संघले जनाएको छ ।

नेपाली चलचित्रहरु कागबेनी, स्वर र भुइँमान्छेको छायांकन पाण्डेले गरेका हुन् । 

हाम्रो टीम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टिभी कार्यक्रम र छोटा फिल्ममा समेत उनले काम गरिसकेका छन् ।