काठमाडौं । दीपिका पादुकोण बलिउडको नम्बर वान अभिनेत्री बन्न सफल भएकी छन् । 
  
एक लोकप्रिय संस्थाले गरेको सर्भेक्षणमा दीपिका नम्बर १ मा रहन सफल भएकी हुन् । 

सर्भेक्षणको नतिजाअनुसार दोस्रो नम्बरमा क्याटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौँ नम्बरमा कंगना रनावत छन् । 
 
क्लोज अप दन्तमन्जनको विज्ञापन हुँदै रंगिन दुनियाँमा प्रवेश गरेकी दीपिकाले लामो समयदेखि बलिउडमा धमाका पिटिरहेकी छन् ।