काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका लेखापाल एवं कर्मचारीहरुलाई आन्दोलन छोडेर पढाउने कामलाई निरन्तरता दिन आग्रह गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले घोषणा गरिएका विद्यालय बन्दको कार्यक्रम फिर्ता लिन दैनिक पठनपाठन हुने वातावरण बनाउन अनुरोध गरेको छ।
 
निजामति कर्मचारी सरह तलब नबढेको भन्दै केही दिनदेखि चरणबद्ध आन्दोलनमा रहेका देशभरका विद्यालयका लेखापाल एवं कर्मचारीहरुले आजदेखि (१२ भदौ) पढाउने काम ठप्प पार्ने निर्णय गरेका थिए।

शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका कर्मचारीसँग वार्ता र छलफल सँगसँगै गर्ने बताएको छ।