काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार सार्वजनिक गर्ने भनेको कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ ।
तीजको दिन सार्वजनिक विदा परेकाले नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आएपछि मंगलबार सार्वजनिक हुने भनिएको परिक्षाफल आज सार्वजनिक गर्न लागिएको हो ।
यसअघिको तयारी अनुसार सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो ।


















