काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषामा सार्वजनिक गरिएको ट्रेलरमा राजयुग र प्रेमयुगबीचको लडाइँलाई प्रस्तुत गरिएको छ । यसअघि टिजर दुवै भाषामा सार्वजनिक गरिएको थियो ।
 
चलचित्रमा अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङलाई मुख्य पात्रका रूपमा देख्न सकिन्छ ।

सार्वजनिक ट्रेलरबाट चलचित्रको कथावस्तुलाई केही हदसम्म देखाउन खोजिएको छ । छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिएका छन् भने शिव श्रेष्ठले राजाको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा यसअघि सार्वजनिक भएका २ टिजरका अधिकांश दृश्य समावेश गरिएको छ ।

राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा सुनिल थापा, प्रेम पुरीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । चलचित्र यही असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ ।