काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ फागुन १९ गतेदेखि हलमा रिलिज हुने भएको छ । चलचित्र निर्माता दीपक राज गिरीले फागुन १९ देखि चलचित्र हलमा आउने जानकारी दिएका हुन् ।
 
आमा सरस्वती मुभिज्को ब्यानरमा निर्माण भइरहेको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । 

चलचित्रको अघिल्ला ३ श्रृंखला भने दीपाश्री निरौलाले गरेकी थिइन् । 
 
चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा लगायतको अभिनय देख्न सकिन्छ ।