धनुषा । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित नेपाल–भारत सीमामा अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु हुर्नेमा पहिचान खुल्न नसकेको ३५ वर्षीया महिलाको गाली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।
शनिबार बेलुका साढे ८ बजे भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शवको पोस्टमार्टमका लागि लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि खुल्न सकेको छैन।मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले ती महिलालाई दुई राउन्ड गोली हानेर भारततर्फ नै भागेको बुझिएको छ।
नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

















