काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेरको ‘निष्ठुरी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत समेत गायक पुष्प गजमेरकै छ । 

चान्द सिंहको एरेन्ज रहेको गीतको भिडियोमा भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ । साक्षी पछिल्लो समय रुचाइएकी मोडल हुन् । थुप्रै भिडियो अभिनय गरेकी साक्षी यसमा अहिले सम्मकै फरक अबतारमा देखा परेकी छन् । 

प्रकाश धितालको निर्देशन रहेको भिडियो हिमालयन म्युजिक एकेडेमीले बजारमा ल्याएको हो । प्रवासमा रहेर नेपाली गति गाउदै आएका गायक गजमेरले यसअघि दर्जन बढी गीत बजारमा आएका छन् ।