काठमाडौं। एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको खेल आज पनि हुँदैछ ।

हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुन लागेको हो । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ ।

भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक–एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहिलो खेल खेलेको हो ।