काठमाण्डौ । घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ ।

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको हो ।

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । साविकको विजेता श्रीलङ्काले पर्सि आइतवार भारतसँग उपाधिका लागि खेल्ने छ ।

भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बङ्लादेशसँग खेल्नेछ ।