काठमाडौँ । एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा हुने फाइनलमा भारत र घरेलु टोली श्रीलंका भिड्दैछन् ।

भारत र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।सर्वाधिक सफल टिम भारत आठौंपटक एसिया कपको उपाधि उचाल्न चाहन्छ भने श्रीलंका सातौंपटक उपाधि जित्ने होडमा छ ।

भारत र श्रीलंका आठौंपटक एसिया कपको उपाधिका लागि भिड्दैछन् । यसअघि श्रीलंकालाई पाँचपटक पछि पार्दै भारतले उपाधि जितेको छ ।

यता श्रीलंकाले पनि तीनपटक फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको छ । जारी प्रतियोगिताको सुपर फोरमा भने भारतले श्रीलंकालाई ४१ रनले हराएको थियो ।