काठमाडौँ । चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टफाइनलबाटै नेपाल बाहिरिएको छ ।मंगलबार भएको अन्तिम ८ को खेलमा भारतसँग २३ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।

२ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर नेपालले १७९ रनमात्र १ सय बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा ४ छक्काको मदतमा ३२ रन बनाउँदा सन्दीप जोरा र कुशल मल्लले समान २९२९ रन बनाए । कुशल भुर्तेल २८ रन तथा आशिफ शेख १० रनमा आउट भए । करण केसीले १८ रन बनाए ।

भारतका लागि रवि विश्नोइ र आभेश खानले समान ३–३, अर्शदिप सिंहले २ र साइ किशोरले १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन जोड्यो ।

भारतका लागि यशस्वी जयसवालले ४९ बलमा १०० रन बनाउँदा ८ चौका र ७ छक्का हिर्काए । रिंकु सिंहले १५ बलमा ३७ रन बनाउँदा २ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानले समान १–१ विकेट हात पारे ।