बार्सिलोना र पिएसजीको महा भिडन्त आज

इटहरी  – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका पहिलो लेगका थप दुई खेल आज हुँदै छन् । राती १२:४५ बजे हुने पहिलो खेलमा स्पेनिश क्लब एफसी बार्सिलोनाले पेरिस सेन्ट-जर्मान (पिएसजी) विरुद्ध खेल्नेछ पहिलो लेग पिएसजीको घरेलु मैदानमा हुँदैछ । पिएसजीले अन्तिम १६ मा अर्को स्पेनिश क्लब रियल सोसेईडाड लागि समग्रमा ४-१ लिए हराएको थियो । पिएसजीले पहिलो लेग २-० ले जितेको थियो भने दोस्रो लेगमा २-१ ले विजयी भएको थियो ।उता बार्सिलोनाले भने इटालियन क्लब नापोलीलाई समग्रमा ४-२ ले पाखा लगाएको थियो । पहिलो लेग १-१ को बराबरीमा सकिएकोमा दोस्रो लेगमा बार्सिलोना ३-१ ले विजयी भएको थियो ।यस्तै सोही समयमा अर्को। क्वाटरफाइनल खेलमा एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड भिड्ने छन् । पछिल्लो चरणमा एट्लेटिकोले इन्टर मिलानलाई टाईब्रेकरमा पाखा लगाएको थियो । पहिलो लेगमा १-० ले पराजित भएपनि दोस्रो लेग २-१ ले जितेर खेल शूटआउटमा पुर्याएको थियो । शूटआउटमा स्पेनिश टोली ३-२ ले विजयी भएको थियो ।डर्टमुन्डले भने डच टोली पिएसभी आइन्ढोभन माथि समग्रमा ३-१ को जित निकालेको थियो । पहिलो लेग १-१ को बराबरीमा सकिएकोमा दोस्रो लेग डर्टमुन्डले २-० ले जितेको थियो ।हिजो भएका क्वाटरफाइनल खेलहरुमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले ३-३ को बराबरी खेले भने आर्सनल र बायर्न म्युनिखले २-२ को बराबरी खेलेका थिए ।