इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली जारी सिजनमा कमजोर प्रदर्शन गर्दै आएको छ भने शुभमन गिलको कप्तानीमा रहेको गुजरात मध्यम प्रदर्शन गर्दै आएको छ। हालसम्म दिल्ली र गुजरात दुबैले समान ६÷६ खेल खेलेका छन्। जसमा दिल्लीले २ मा मात्रै जित हात पारेको छ भने गुजरातले ३ खेलमा जित हात पारेको छ।
 ४ अङ्कका साथ दिल्ली अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने गुजरात ६ अङ्कका साथ माथिबाट छैटौँ स्थानमा रहेको छ।