इटहरी  । ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग भिड्दै छ। खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।समूह ‘ए’ को विजेता नेपालले समूह ’बी’ को उपविजेता युएईसँग सेमिफाइनल खेल्न लागेको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसँग आजै सेमिफाइनल खेल्दैछ ।

समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।