इटहरी – एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत हङकङलाई नेपालले एक सय ४० रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात मैदानमो टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनाउन सक्यो ।

नेपालका दीपेन्द्रसिँह ऐरीले अविजित ४४ रन बनाए । यस्तै सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुल्सन झाले छ, आशिफ शेखले पाँच, करण केसीले तीन र ललित राजवंशीले दुई रन बनाए । हङकङका आयुष शुक्लाले तीन विकेट लिए ।

हिजो यूएईसँगको खेलमा पहिलो बलमै आउट भएका कुशल भुर्तेल आज पनि एक रन पनि नजोडी आउट भए । हिजो यूएईसँगको खेलमा पनि नेपालले खराब ब्याटिङ गर्दै जम्मा एक सय २० रनको लक्ष्य दिएको थियो र छ विकेटले पराजित भएको थियो ।

नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न खेलिरहेको हो । पहिलो, दोस्रो र तेस्रो हुने टोली मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् ।